शुक्रबार, जेठ २९, २०८३

कालीगण्डकीमा चलाइँदै र्‍याफ्टिङ

स्याङ्जा, पर्वत र गुल्मीको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशय मिर्मीमा पुगेर यात्रा टुंगिने।
 |  शनिबार, कात्तिक १९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १९, २०७९

कुश्मा– कालीगण्डकी नदीमा नियमित र्‍याफ्टिङ सञ्चालन हुने भएको छ। साहसिक खेलमार्फत पर्यटक भित्र्याउन लागिपरेको हार्नेस जीप लाइन तथा एड्भेन्चर रिसोर्टले र्‍याफ्टिङ सञ्चालनलाई निरन्तरता दिने भएको हो।

National life

बिहीबार इजरायलदेखि आएका समूहलाई जलयात्रा गराउँदै र्‍याफ्टिङका लागि परीक्षणसमेत गरेको कम्पनीले  छोटो दूरीमा जलयात्रा गर्न चाहनेले दुई घन्टा र लामो यात्राका लागि दुईदेखि तीन दिनसम्मको यात्रा गराउने भएको छ।

‘अहिले कालीगण्डकी नदीमा र्‍याफ्टिङले निरन्तरता पाउन सकेको छैन। अब भने साउने बहरमा रहेको हार्नेस रिसोर्टदेखि र्‍याफ्टिङ सुरु हुनेछ’, कम्पनीका सञ्चालक नरेन्द्र केसीले भने, ‘स्याङ्जा, पर्वत र गुल्मीको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशय मिर्मीमा पुगेर यात्रा टुंगिन्छ।’ 

उक्त नदीमा पोखराका आधा दर्जन कम्पनीमार्फत र्‍याफ्टिङ सञ्चालन हुँदै आएको थियो। अब भने हार्नेस कम्पनीले कुश्माबाटै र्‍याफ्टिङ सुविधा उपलब्ध गराउने सञ्चालक सुनिल बानियाँले बताए। उनका अनुसार सफल परीक्षण सकिएको हुँदा साता दिनभित्रै र्‍याफ्टिङका लागि बुकिङ खुला गरिनेछ।

र्‍याफ्टिङका लागि इजरायल, अमेरिका, युरोपलगायत देशबाट पर्यटक आउने गरेका छन्। विदेशीसँगै स्वदेशी पर्यटकसमेत कालीगण्डकीमा र्‍याफ्टिङको मज्जा लिन आइपुग्छन्। र्‍याफ्टिङका लागि चैत, वैशाख, असोज, कात्तिक र मंसिर महिना उपयुक्त मानिन्छ।

Shivam cement

कालीगण्डकीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकनका साथै प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन्।–रासस

प्रकाशित: Nov 05, 2022| 12:11 शनिबार, कात्तिक १९, २०७९
प्रतिक्रिया दिनुहोस्