काठमाडौं- दुई वर्षपछि साइप्रसको बसाई सकाएर नेपाल फर्किएकी अन्जु थापा मकाजुलाई भेट्दा उनको अनुहारमा उमंग र उत्साह थियो । त्यो उत्साह हो नेपाली महिलाहरुको महान चाड तीजको ।
दुई वर्षपछि आफ्नो जन्मभूमि फर्केकी उनी यसपालीको तीज माइतीघरमा दर खाएर छमछमी नाच्दै रमाउने सोचमा छिन् । विदेशमा आफ्नो देश र चाडवाड धेरै मिस गरेको उनी सम्झिन्छिन् । वर्षौदेखि मनमा गुम्सिएका रहरहरु यसपाली तीजमा नाचेर हटाउने उनको योजना छ ।
विदेशमा सर्टस र जिन्समा रमाउने उनी यो तीजमा रातो सारी, रातो पोते र गहना र सिम्पल मेकअपमा आफूलाई तयार पार्ने तयारी गरेकी छन् ।
विवाहित महिला भएको कारण रातो पहिरन मै राम्रो देखिने उनको भनाइछ । धेरै समयपछि बेहुली जस्तै यसपालीको तीजमा सजिने योजना बनाएकी मकाजुले आफूलाई चाहिने गरगहना पनि किनिसकेकी छन् ।
‘हरेक व्यक्तिले आफ्नो संस्कृति जोगाउनुपर्छ । तीजलाई विकृतिको रुपमा लिनु गलत हो,’ उनले भनिन्, ‘तीज आउनु एक महिना अगाडीदेखि तयारी गर्नु भनेको समयको माग हो । यसलाई हामीले स्वीर्कान जरुरी पनि छ ।’
व्यस्तताले भरिएको जीवनमा केही समय आफूलाई खुल्ला छोड्नु राम्रो भन्दै उनले व्यस्त दैनिकीमा समय निकाल्दा अलि लामो जस्तो लागेपनि यसलाई विकृति र नकारात्मक सोच भन्न नमिल्ने उनको तर्क छ।
बिदेशबाट आउने मकाजुमात्र होइन नेपालमै रहने नेपाली दिदीबहिनीहरुको तीज मनाउने तयारी कसैको कमजोर छैन । थानकोटकी रीना कार्कीको योजना पनि निक्कै रमाइलो नै छ। आफ्नो काँधको बाँयापट्टि बटरफ्लाई ट्याटु बनाएकी उनले यो पालिको तीजमा आफ्नो टाटाुलाई देखाएर नाच्ने योजना बनाउँदैछिन् ।
खुल्ला र स्लिभलेस लुगा लगााउन मन पराउँने उनी यसपालीको तीजमा ट्याटु फोकस हुनेगरी खुला ब्लाउज लगाउने सोचमा छिन् । गर्मी मौसममा उनी प्राय ट्याटु फोकस हुने खालकै कपडा लगाउँछिन् ।
‘अरुले झट्ट हेर्दा पनि ट्याटु ध्यान जाओस जस्तो लाग्छ,’ उनी भन्छिन्, ‘यो सोचलाई यसपालीको तीजमा प्रयोग गर्नेछु ।’
थरीथरी कपडा रहर पनि बेग्लाबेग्लै
तीजलाई लक्षित गर्दै बजारमा धेरै प्रकारका पहिरनहरु आएका छन् । पसलहरु हेर्दा पनि नयाँ रंगिन कपडाले झकिझकाउ नै देखिन्छन् । विगतमा जस्तै यसपाली पनि प्राय विवाहित महिलाहरु रातो र हरियो सारीमा सजिनेछन् भने अविवाहित किशोरीहरु ‘सफ्ट कलर’का पहिरनमा रुची राख्छन् ।
सादा सारीमा पनि बोर्डर लगाएर सजाउने चलन महिलाहरुमाझ अझै लोकप्रिय बनेको छ । बोर्डरमा पनि पोते र झुम्का लामो झुन्डिएको, कलरफुल लेश यसपालीको तीजमा वढी प्रचलनमा आएको छ । विगतमा पनि चोली र सारी मात्र लगाउने चलनलाई आजका युवाहरुले पछाडी छोडेका छन् ।
गत वर्ष चोली र लेहेङगा लगाउने फेसन चलेको थियो भने यस वर्ष भने नेट र प्रिन्टेड फेब्रिक डिजाइन वढि प्रयोगमा आएको छ । साडी, वानपिस, गाउनमा भित्री लगाउने, इम्रोइड रातो र यस्ता कपडाहरु हेर्दा भारी देखिए पनि लगाउँदा सजिलो हुन्छ ।
महिलाहरुमा तीजको रौनक दुई महिना अघि नै हुनेगर्छ । महिलाहरुले पहिरन छान्नेमा कुनै सीमा हुँदैन् ।
यसपालीको तीजमा अविवाहित पुस्ताले लेहेङगामा इम्ब्रोइडरी सर्ट, प्लेन सिल्क र त्यसमा मिल्ने मालाहरु प्रयोग गर्ने देखिन्छ । आजका पुस्ताले ग्रन्च जिन्समा टप्स वा कुर्ताहरु वढि रुचाएको छ । आजका पुस्ताहरुले रातो, हरियो, पँहेलो, निलो जस्ता रङ्गभन्दा वढि सफ्ट रङ्गहरु जस्तै पिच, रोयल ब्ल्यु कन्ट्रास लगाउन रुचाएका छन् ।
आजका पुस्ताहरुमा जर्जेट, नेट, सिफन, तास कुर्ता सुरुवाल र जिन्समा आउटर र प्लाजो कुर्ता, फ्रि अनारकली पहिरनहरु तीजको लागि मुख्य बनेको छ ।
अरु सामान्य दिनहरुमाभन्दा तीज वा चाडवाडको दिन महिलाहरु आर्कषणको केन्द«बिन्दु बन्छन् । फरक लुक्स र आफूलाई मनपर्ने र सुहाउने कपडामा रमाउने गर्छन् ।
बुटिक क्रेज
तीनको रमझमले बुटिकमा पनि चहलपहल बढेको छ । यसपाली त तीज आउनुभन्दा तीनचार महिनाअघिदेखि नै बुटिकहरुमा चहलपहल बढेको बताउँछिन, बारबी ब्रा्रइडलका फेसन डिजाइनर निशा पण्डित ।
तीजको दिन भोकै बसेर दिनभरी पुजा र नाचगान गर्नुपर्ने भएको कारण हेबी साडी वा लेहेंगा लगाउन सकस हुन्छ । तर कतिपयले तीजको दिन अरुभन्दा फरक देखिन हेबी नै लगाउने गर्छन् । वोर्डर वर्क र लेस प्याच गरिएको डिजाइन हेबी देखिन्छ तर हल्का हुने, उनी बताउँछिन् ।
व्लाउजमा अफ सोल्जर, वान अफ सोल्जर, सिल्भहरु हाफ, बो डिजाइन र क्रस डिजाइन वढि प्रयोगमा आएका छन ।
नँया दुलहीहरुको लागि भने रातो साडीमा बोर्डर र सिल्भ वा कुहिनासम्मको बाहुला सुहाउँछ । महिलाहरुले तीजमा साडी प्राय रातो नै रुचाउँछन । धेरै भरिएको साडीभन्दा पनि हल्का साडीमा सिम्पल गरगहना वढी प्रयोग गर्ने चलन वढेको छ ।
बेङगलोरबाट फेसन डिजाइनिङ कोर्स गरेर फर्केका नवीन लुईँटेलले कुपण्डोलमा ‘सेन्ट्रल फेसन हब इन्स्टिट्यृट अफ फेसन टेक्नोलोजी’ शुरु गरेको पाँच वर्ष भएको छ ।
‘आफूलाई जुन कपडा लगाउँदा सजिलो र आनन्द मिल्छ त्यसैलाई प्राथमिकतामा राख्नुपर्छ,’नवीनले भने, ‘नयाँ पहिरन आफूलाई कतिको सुहाउँछ भनेर जाँच्न पनि जरुरी छ ।’ तर, अहिले गरगहना र कपडा किन्नेहरुले अरुले मनपराउने नपराउनेभन्दा पनि आफूलाई केन्द्रका राखेर सामान किन्ने गरेका छन् ।
‘दुनिँया परिवर्तन भइसक्यो’, उनी भन्छन्, ‘सबैको आफ्नो स्वाद र रोजाइ फरक हुन्छ । यसरी फेसनलाई रेडीमेड, समूह र आफू खुशीको फेसन गरी तीन किसिममा विभाजन गर्न सकिन्छ।’ भाषा, भेषभुषा, ठाउँ र संस्कृति अनुसार फेसन र रोजाइ फरक फरक पर्ने उनको बुझाइ छ ।
प्रत्येक वर्ष फेरिन्छ तीजको फेसन
तीजको फेसन हरेक वर्ष फरक हुनेगर्छ, दुई तीन वर्षमा कुनै फेसन भने पुनः प्रयोगमा आउने गरेको छ । त्यससगैँ रङ्गहरुमा पनि हरेक वर्ष परिवर्तन आउने गरेको छ ।
तीजको फेसनमा रङ्गले प्रमुख भुमिका खेलेको हुन्छ । जस्तो रङ्गमा पनि परिवर्तन हुने क्रम वढ्दो नै छ । आफूमा कुनै रङ्ग सुहाएन वा खुलेन भने त्यसमा फेसन शब्द खल्लो हुन्छ । जस्तै रातो, हरियो, निलो र सफ्ट पिन्क कलरहरु चाडवाडमा बढि खुल्छ ।
काठमाडौं र उपत्यका बाहिरको बजारमा धेरै फरक छ । जति विकास काठमाडौंमा भएको छ त्यसको बल्ल आदि भाग काठमाडौं बाहिर विकास हुने क्रममा छ । तर पहिलेको तुलनामा विगत दुई वर्षदेखि ग्राहकहरु फेसनमा चेतना निक्कै वढेको देखिन्छ । सुहाउने र भरपर्दो पहिरनमा आजकल युवतीहरु सजिने गर्छन् ।
तीज र अन्य चाडवाडमा पनि बुटिक भन्ने एक शब्दले ग्राहकलाई प्रभावित पारेको छ, बुटिक भन्ने बित्तिकै महङ्गो लुगा पाउने ठाउँ जँहा धनीहरु मात्र जान्छन भन्ने सोच छ ।
तर उच्च, मध्य र सबै वर्गका व्यक्तिहरु पनि बुटिक पुग्ने गरेको पाइन्छ । आफूले भ्याउने खर्च र आम्दानी अनुसारको कपडा बुटिकले बनाइदिने भएपछि सबै स्तरका व्यक्तिहरु पुग्न सक्ने वातावरणको सिर्जना भएको छ ।
उनका अनुसार चाडवाडमा जति खुला प्रवृत्तिको फेसन काठमाडौंमा चलेको छ उत्ति नै वढि फेसनेबल बन्न गाउँको नीती र मान्यताले दिएको छैन् ।
पुरातनवादी सोच र सोही अनुसारको रितिस्थितिले फेसनेवल हुनु भनेको अश्लिलता झल्काउनु पनि भन्ने गर्दछन् । तर, आधुनिक रुपमा समय अनुसार चल्नु नै फेसन भनेर परिभाषित गर्ने पनि कम छैनन् ।
दशैं र तीज शुरु भए लगत्तै बुटिकको व्यापार वढ्ने गर्दछ। प्राय मुख्य चाडपर्व सबै जाडो महिनामा पर्नेगर्छ, सोही कारणले व्यापार व्यवसायको हिसाबले हेर्ने हो भने जाडो महिना एकदम धेरै लाभदायी रहन्छ ।
फेसन डिजाइनिङ कोर्ष लिदैं गरेकी प्रमिला खतिवडा भन्छिन, ‘बुटिकमा सिलाएका डिजाइनर लुगा लगाउन मनपर्छ तर गर्मीको समयमा शरीरमा आउने परिसनाले अफ्ठ्यारो तथा सकस र चिपचिप हुने भएकाले आफूलाई मनपरे पनि सजिलोको लागि बेग्लै पहिरन छान्नुपर्ने बाध्यता छ ।’
अस्ति भर्खरै आफ्नो भदाको पास्नेमा उनले सिम्पल गाउन लगाएकी थिइन, जसले गर्दा दिनभरी उनलाई उकुसमुकुस महसुस भएको थियो । तर यसपालीको तीजमा सजिलो र हल्का पहिरनमा सजिने भनेर सोही अनुसारको कपडा उनले किनेकी छन् ।
समाजमा घुलमिल हुन व्यक्तिको कपडाले ठूलो भूमिका खेल्ने प्रिया खरेलको बुझाइ छ । पहिलाभन्दा अहिलेका महिलाहरुले तीजलाई धेरै फेसनेवल बनाएको उनले बताइन् ।
तीज पहिरनको विषयमा पहिलेको तुलनामा सतर्कता पनि वढेको छ । केही नँया र फरक ढङ्गमा आफूलाई समाज सामू प्रस्तुत गर्दा राम्रो मानिने सोच आम मानिसमा विकास भएको छ ।
के हो फेसन
जसलाई जे लगाउँदा सजिलो महसुस हुन्छ त्यो नै फेसन हो । फेसनको नाममा छोटो कपडा लगाउनु गलत होइन, लगाउनेलाई कति सहज हुन्छ भन्ने कुराले ठूलो अर्थ राख्छ । जसले छोटो र फेसनलाई नराम्रो भन्छन उनीहरुको सोच नै छोटो हो भन्ने अहिलेका युवतीहरु बताउँछन् ।
फेसनले समाजमा मानिसको व्यत्तित्वस्तर झल्काउने काम गर्छ । कसैलाई खुल्ला र छोटो कपडा मनपर्छ भने अरुलाई अन्य डिजाइन मनपर्नसक्छ । तीजको लागि गत वर्ष भन्दा फेबरीकहरु महङगो बुटिक सञ्चालक नवीन बताउँछन् ।
विगत २० वर्षदेखि असनमा धागो पसल राख्दै आएका मह्म्मद अधिकका अनुसार आजका युवतीहरु डिजाइनर धागोभन्दा सादा धागोमा वढी आकर्षित हुने गरेका छन् ।
तीजको लागी धागो पोते धेरै महत्वपुर्ण हुन्छ । धागोमा खासै नँयापन आउँदैन तर दशैंपछि धागो एकाएक हराउने गर्छ र वैशाखदेखि पुनः शुरु हुन्छ ।
यसपाली तीजको लागि रातो धागोमा सानो-सानो पोते र झुम्का झुन्डिएको पोते वढी चलेको छ । रातो र हरियो धागो वढी रुचाएका छन् । तीस देखि एक सय पचास सम्मको धागो बजारमा चलनमा छ ।
कलंकिस्थित बिन्दवासिनी बेंगल स्टोरका दिक्षित कान्त भन्छन, गत वर्षको तुलनामा चुरा वा बेंगल मनपराउने महिलाहरु घट्ने क्रम छ ।
आजका युवतीहरु हातभरी सिसाको चुरा लगाउनु सत्ता सुनको बंगल लगाउन मन पराउँछन् । शताब्दि देखि चलिआएको हरितालिका तीज हिन्दु नारीहरुको महान चाडपर्वको रुपमा चिनिन्छ ।
पहिले र अहिलेको तीजमा धेरै कुरामा परिवर्तन आएको देख्न पाइन्छ । चाडलाई विकृतिको रुपमा फैलिन नदिन धेरै र फरक शैलीको परिवर्तन हुन आवश्यक छ ।
महिला सशक्तिकरण र रमाईलो भावका गीतहरुमो माध्यमबाट महिला अधिकार र दायित्वको बारेमा जनचेतना फैलाउन सकिन्छ । महिला मात्र नभई पुरुषको पनि संलग्नता रहेमा अझै सुनमा सुगन्ध हुनेछ ।
लेहेंगा, चोली, धागो चुरा र हेबी गरगहना गतवर्षको तीजमा प्राय महिलाहरुले रुचाएका थिए भने यसपालीको तीजमा सिम्पल सफ्ट कलरको फेबरिक रोजाइमा रहेको देखिन्छ । हेबी गहनालाई छोडेर आफ्नो सहजताको लागि सिम्पल गहना र सुनको बेंगल उपयुक्त मानेको देखिन्छ ।
अहिले तीजमा महिलाहरुमाझ नराम्रो प्रतिस्पर्धा देखिन्छ । यस खालका विकृतिलाई बढावा नदिई सभ्य भएर चाडपर्व मनाउनुपर्छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४