आइतबार, जेठ २५, २०८२

कालीगण्डकीमा चल्ने भयो र्‍याफ्टिङ

कालीगण्डकी नदीमा नियमित र्‍याफ्टिङ सञ्चालन हुने भएको छ। साहसिक खेलमार्फत पर्यटक भित्र्याउन लागि परेको हार्नेस जीप लाइन तथा एड्भेन्चर रिसोर्टले र्‍याफ्टिङ सञ्चालनलाई निरन्तरता दिने भएको हो।
 |  शनिबार, कात्तिक १९, २०७९
nespernesper

रासस

रासस

शनिबार, कात्तिक १९, २०७९

vianetvianet

कुश्मा- कालीगण्डकी नदीमा नियमित र्‍याफ्टिङ सञ्चालन हुने भएको छ। साहसिक खेलमार्फत पर्यटक भित्र्याउन लागि परेको हार्नेस जीप लाइन तथा एड्भेन्चर रिसोर्टले र्‍याफ्टिङ सञ्चालनलाई निरन्तरता दिने भएको हो। 

बिहीबार इजरायलदेखि आएका समूहलाई जलयात्रा गराउँदै र्‍याफ्टिङका लागि परीक्षणसमेत गरेको कम्पनीले छोटो दूरीमा जलयात्रा गर्न चाहनेलाई दुई घण्टा र लामो यात्राका लागि दुईदेखि तीन दिनसम्मको यात्रा गराउने भएको छ।

'अहिले कालीगण्डकी नदीमा र्‍याफ्टिङले निरन्तरता पाउन सकेको छैन। अब भने साउने बहरमा रहेको हार्नेस रिसोर्टदेखि र्‍याफटिङ सुरु हुनेछ', कम्पनीका सञ्चालक नरेन्द्र केसीले भने, 'स्याङ्जा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशय मिर्मीमा पुगेर यात्रा टुङ्गिन्छ।'

उक्त नदीमा पोखराका आधा दर्जन कम्पनीमार्फत र्‍याफ्टिङ सञ्चालन हुँदै आएको थियो। अब भने हार्नेस कम्पनीले कुश्माबाट नै र्‍याफटिङको सुविधा उपलब्ध गराउने सञ्चालक सुनिल बानियाँले जानकारी दिए। उनका अनुसार सफल परीक्षण सकिएको हुँदा हप्ता दिनभित्रै र्‍याफ्टिङका लागि बुकिङ खुल्ला गरिने छ।

र्‍याफ्टिङका लागि इजरायल, अमेरिका, युरोपलगायत देशबाट पर्यटक आउने गरेका छन्। विदेशीसँगै स्वदेशी पर्यटकसमेत कालीगण्डकीमा र्‍याफ्टिङको मज्जा लिन आइपुग्छन्। 

National life insurance

र्‍याफटिङका लागि चैत, वैशाख, असोज, कात्तिक र मङ्सिर महिना उपयुक्त मानिन्छ। कालीगण्डकीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकनका साथै प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्छन्।

प्रकाशित: Nov 05, 2022| 07:10 शनिबार, कात्तिक १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।