शुक्रबार, जेठ २९, २०८३

मंसिर एकदेखि सवारी लाइसेन्सको आवदेन बन्द हुने

मंसिर १ गतेदेखि सवारीचालक अनुमतिपत्रको आवेदन बन्द हुने भएको छ।
 |  शुक्रबार, कात्तिक १८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १८, २०७९
National life
Shivam cement

काठमाडौं– मंसिर १ गतेदेखि सवारीचालक अनुमतिपत्रको आवेदन बन्द हुने भएको छ। यातायात व्यवस्था विभागका कर्मचारी चुनावमा खटिनुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि लाइसेन्सको आवेदन लिन बन्द गरिने भएको हो।

विभागले शुक्रबार सूचना जारी गर्दै भनेको छ, ‘मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सम्बन्धित कार्यालयका कर्मचारीहरूसमेत खटिनुपर्ने भएकाले मंसिर १ गतेदेखि अर्को सूचना जारी नभएसम्म सवारी लाइसेन्सको अनलाइन आवेदन बन्द रहनेछ।’



प्रकाशित: Nov 04, 2022| 15:49 शुक्रबार, कात्तिक १८, २०७९
प्रतिक्रिया दिनुहोस्