शुक्रबार, जेठ २९, २०८३

'दराज ११.११' का लागि १८ वटा बैंकसँग सम्झौता

दराजको अनलाइन सपिङ फेस्टिभल 'दराज ११.११' फेरि सुरू हुन गइरहेको छ।
 |  शुक्रबार, कात्तिक १८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १८, २०७९

काठमाडौं- दराजको अनलाइन सपिङ फेस्टिभल 'दराज ११.११' फेरि सुरू हुन गइरहेको छ। ११ लाख उत्पादनहरूमा ८० प्रतिशतसम्मको छुटसहित दराजले ११. ११ को पाँचौं संस्करण यही कात्तिक २५  (११ नोभेम्बर) बाट सुरू हुने घोषणा गरेको छ।

National life

'दसैं धमाका' अभियानको सफलता लगायत दराजले निर्वाध रूपमा आफ्नो ध्यान वर्षकै सबभन्दा ठूलो अभियानमा सारेको छ। यस भित्रको पहिलो पहल भने ग्राहकहरूलाई ११.११ को अवधिमा थप छुट उपलब्ध गराउन नेपालका अग्रणी बैंकहरूसँग साझेदारी गर्नु रहेको कम्पनीको भनाइ छ।

बैंक र प्रिपेमेन्ट छुटहरू दराजका वर्षभरिको सबै अभियानहरूको महत्त्वपूर्ण हिस्सा रहेको कम्पनीले जनाएको छ। दराज ११.११ को बैंक र प्रिपेमेन्ट छुटहरू अझ ठूलो र राम्रो हुने आश्वासन पनि कम्पनीले दिएको छ।  ११.११ का लागि दराजले डेबिट/क्रेडिट कार्ड प्रिपेमेन्ट मार्फत २० प्रतिशत (अधिकतम तीन हजार रूपैयाँसम्म) छुट प्रदान गर्न १८ वटा बैंकहरूसँग साझेदारी गरेको छ।

यी बैंकका ग्राहकहरूले दराज ११ .११ अभियानको सम्पूर्ण अवधिमा डेबिट कार्ड मार्फत १५ प्रतिशत (अधिकतम दुई हजार पाँच सय रूपैयाँ) र क्रेडिट कार्ड मार्फत २० प्रतिशत (अधिकतम तीन हजार रूपैयाँ) सम्मको छुट प्राप्त गर्ने कम्पनीले बताएको छ। कम्पनीका अनुसार माथि उल्लिखित प्रीपेमेन्ट छुटहरू सीमित अवधिका लागि मात्र प्रत्यक्ष हुनेछ। तसर्थ ग्राहकहरूलाई इ-कमर्स लेनदेनका लागि आफ्नो बैंक कार्डहरू सक्रिय गर्न र बिक्री सुरू हुनेबित्तिकै छुटहरू प्राप्त गर्न पनि दराजले आग्रह गरेको छ।

'दराज ११.११' अभियानका लागि बैंक साझेदारहरूः

१.नबिल बैंक

Shivam cement

२. कुमारी बैंक

३. सानिमा बैंक

४. माछापुच्छ्रे बैंक

५. एभरेष्ट बैंक

६. सनराइज बैंक

७. मेगा बैंक

८. एनएमबि बैंक

९. सिटिजन्स बैंक

१०. नेपाल बैंक

११. एनसीसी बैंक

१२. नेपाल एसबीआई बैंक

१३. सेन्चुरी बैंक

१४. ज्योति विकास बैंक

१५. सांग्रिला बैंक

१६. सिद्धार्थ बैंक

१७. हिमालयन बैंक

१८. कामना सेवा बैंक

प्रकाशित: Nov 04, 2022| 11:26 शुक्रबार, कात्तिक १८, २०७९
प्रतिक्रिया दिनुहोस्