शुक्रबार, जेठ २९, २०८३

आयल निगमको नाफा बढेको बढ्यै, मूल्य नघटाउने अडान

निगम ऋणमा रहेका कारण उपभोक्ता मूल्य नघटाउने अडान लिएको हो।
 |  शुक्रबार, कात्तिक १८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १८, २०७९

काठमाडौं– सरकारी स्वामित्वको नेपाल आयल निगमले १५ दिनमा १८ करोड रुपैयाँ नाफा आर्जन गरे पनि मूल्य नघटाइने बताएको छ। निगम ऋणमा रहेका कारण उपभोक्ता मूल्य नघटाउने अडान उसले लिएको हो।

National life

‘१ अक्टोबरमा प्राप्त नयाँ मूल्यअनुसार निगमलाई १८ करोड नाफा हुने देखिन्छ,’ निगमले विज्ञप्तिमार्फत भनेको छ, ‘तर भारतीय आयल कर्पोरेसनलाई तिर्नुपर्ने बक्यौता र सरकारी ऋणका कारण तत्काल उपभोक्ता मूल्य घटाउन सकिँदैन।’

सरकार र भारतीय आयल निगमलाई तिर्नुपर्ने ऋण २९ अर्ब १३ करोड रहेकाले तत्काल मूल्य घटाएर समायोजन गर्न सक्ने अवस्था नरहेको निगमको दाबी छ। ३० असोजमा भारतीय आयल कर्पोरेसनबाट प्राप्त मूल्यका कारण निगम नाफामा रहे पनि १६ कात्तिकमा प्राप्त पेट्रोलियमको नयाँ मूल्य केही बढेर आएको निगमले बताएको छ।

बुधबार आईओसीबाट आएको नयाँ मूल्यअनुसार पेट्रोलमा ६१ पैसा, डिजेलमा ५ रुपैयाँ ७६ पैसा, मट्टीतेलमा ४ रुपैयाँ १ पैसा र हवाई इन्धनमा ४ रुपैयाँ ७७ पैसा प्रतिलिटरमा बढेर आएको निगमले जनाएको छ। खाना पकाउने ग्यासको मूल्य घटेर आएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: Nov 04, 2022| 11:01 शुक्रबार, कात्तिक १८, २०७९
प्रतिक्रिया दिनुहोस्