काठमाडौं- निर्वाचन आयोगले देशभरका एक सय मतदान केन्द्रलाई अपांगमैत्री बनाउने निर्णय गरेको छ। आयोगले ती मतदान केन्द्रमा सांकेतिक भाषासूची राखेर मतदान केन्द्रमा खटिने कर्मचारीलाई सांकेतिक भाषाको समेत प्रयोग गरिने जानकारी दिएको छ।
मतदान गर्ने तरिका सम्बन्धी ब्रेल सामग्री, रंगीचंगी डोरी तथा पोल, र्याम्प निर्माण, ह्वीलचेयर प्रवेश गर्न सक्ने मतदान केन्द्र निर्माण, अपांगता भएका व्यक्तिका लागि टेवुल तथा कुर्सीको व्यवस्थासमेत गरिने भएको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अपांगता भएका मतदाताको सुविधालाई ध्यानमा राखेर देशभर एक सय वटा मतदान केन्द्रलाई अपांगमैत्री बनाउने निर्णय भएको जानकारी दिए। मतदान केन्द्र अपांगमैत्री नबनाएको भन्दै आयोगको आलोचना भइरहेको थियो।
आयोगले यसपटक देशभर १० हजार ८९२ स्थानमा २२ हजार २२७ वटा मतदान केन्द्र तोकेको छ।