काठमाडौं- निर्वाचन आयोगले काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजाललाई ५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ। निर्वाचन प्रचारप्रसार गरेको आरोपमा आयोगले उनीलाई जरिवाना गर्ने निर्णय गरेको हो।
काठमाडौं ७ को प्रदेश सभा (२)का नेपाली कांग्रेसका उम्मेदवार सविन तामाङको प्रचारप्रसार गरेको भन्दै आयोगले उनलाई जरिवाना तिराएको हो।
निर्वाचन आचारसंहितामा स्थानीय तहको कार्यपालिका सदस्यले आफ्नो निर्वाचन क्षेत्रमा चुनावी प्रसार प्रसार गर्न नपाउने व्यवस्था छ।