शुक्रबार, साउन १, २०८३

नाडा अटो शो : क्यास ब्याकदेखि विदेश घुम्ने अवसरसम्म 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
मंलबारदेखि काठमाडौंस्थित भृकुटीमण्डपमा अटोमोबाइल क्षेत्रको कुम्भ मेला सुरु हुँदैछ । उक्त मेलालाई आर्थिक कारोबारको रुपमा सबैभन्दा ठूलो मेलाको रुपमा पनि लिने गरिएको छ । भदौ २६ देखि ३१ गतेसम्म चल्ने सो १३ औं 'नाडा अटो शो २०१८' नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्न लागेको हो । 

गएको वर्ष  दुई अर्ब २० करोड रुपैयाँ व्यवसाय गरेको शोबाट यस वर्ष आयोजकले पाँच अर्ब रुपैयाँको कारोबार हुने र ६० हजार अवलोकनकर्ता तथा ग्राहकले शोेको अवलोकन गर्ने अपेक्षा गरेको छ । एक वर्षमा हुने कुल अटोमोबाइलको व्यापारमध्ये चार महिनाको कारोबार अर्थात ३३ प्रतिशत हिस्सा मेला सञ्चालन हुने ६ दिनको अवधि  हुने गरेको छ । 

यति ठूलो व्यापार हिस्सा ओगट्ने प्रतिक्षित गरिएको शोको महत्व, ग्राहक तथा व्यवसायीहरुले प्राप्त गर्ने अवसर लगायत विषय तथा सिंगो अटोमोबाइल व्यवसायको अवस्था तथा भविश्यको सम्बन्धमा नडा एसोसिएसनका महासचिव सुनिल रिजालसँग नेपालसमयका पृथराज थेगिमले गरेका कुराकानीः


नाडा अटोशोको उद्देश्य के हो ? विगतभन्दा यो वर्ष शोमा के फरक पाउन सकिन्छ ?

नडा अटोमोमोबाइल्स एसोसिएसन अफ नेपाल विसुद्ध व्यवसायीक संगठन हो । व्यवसायीक हकहीतको लागि हामीले काम गर्ने हो ।

पहिलो प्राथमिकता भनेको व्यपार व्ययवसायरलाई सम्बद्र्धन र प्रबद्र्धन गर्नु नै हो । त्योबाहेकका अरु सम्पूर्ण प्रकारका सवारी व्यवसायी तथा ग्राहकहरुलाई एकै थलोमा एकजुट गराउनु हो ।

जम्मा भएका ग्राहकरुलाई विभिन्न अटोमोबाइलको गुणस्तर, मूल्य लगायत सम्बन्धमा जानकारी गराउनु हो । शोमा ग्राहकहरुले आफ्नो इच्छा, चाहनाअनुसारको जिज्ञासा मेट्न सक्दछ ।
त्यस्तै गाडीमा पछिल्लो समय विभिन्न नयाँ प्रविधिहरु भित्रिएकोछ ।

शोमा त्यस सम्बन्धमा पनि जानकारी गराइन्छ । जसमा यूरो थ्री, यूरो फोर प्रविधि लागू हुने बेला भएको छ । त्यसको तयारीको बारेमा जानकारी गराइन्छ । यो अटो शो डिल्ली, बेइजीङको अटो शोकै गुणस्तरको हुनेछ । फेब्रीकेशनको प्रयोग हुन्छ । खर्चमा र गुणस्तरमा कुनै कन्जुस्याई हुदैन ।

शोमा नयाँ योजना तथा आकर्षणहरु के-कस्ता छन् ?

हामीले एक महिनापछि सार्वजनिक गर्ने अटोमाबाइल लगायत अटोमोबाइल  सम्बन्धी प्रोडक्टहरुलाई शोमा सार्वजनिक गर्ने कार्यक्रम हुन्छ । कुन गाडी सार्वजनिक हुदैछ भन्ने कुरा सरप्राईजको रुपमा राखिएको हुन्छ । 

तैपनि विद्युतिय गाडी (इलेक्ट्रीक भेहिकल)लाई कम्पनीहरुले बढी प्रथकिता दिएको देखिन्छ । यसलाई बढावा दिएर लानेमा सबै एकजुट छौं ।
ग्राहकले प्रतिक्षा  गरेको सवारी साधन लगायतका वस्तुहरु चाँडै प्राप्त गर्दछन् ।

शोमा हरेक कम्पनीबीच आ-आफ्नै योजनाहरु छन् । जसमा विदेश घुम्न जाने, स्क्रयाच कुपन, क्यास ब्याक योजना, बैंकसँगको सम्झौता गरि कम ब्याजमा गाडी उपलब्ध गराउने लगायतका योजनाहरु छन् ।

शोमा कम्पनीबीच प्रतिस्पर्धा रहन्छ साथै ग्राहकरुले पनि सवारी बार्गेनीङ गरेर खरिद गर्न सुनौलो अवसर पाउदछन् । शोमा गएको वर्ष सहभागी नभएका कम्पनीहरुले पनि सहभागिता जनाउने भएको छ साथै बाइक र चार पाङ्ग्रे गाडीको सहभागीता पनि  बढ्नेछ ।

शो बिक्रेताभन्दा पनि खरिदकर्ताको प्लेटफर्मको रुपमा स्थापित भएको छ । यद्यपि यो वर्ष हेभी इक्वीप्मेन्टहरु भने ठाँउको अभावको कारणलाई सहभागी नगराउने भएका छौं । ठाँउ भएको भए अहिलेकोभन्दा भव्य र सभ्य शो सञ्चालन गर्न सक्थ्यौं ।

नाडाले विद्युतिय गाडी भित्र्याउन कस्तो पहल गरिरहेको छ ? बजारको अवस्था के छ ?

विद्युतिय गाडी प्रविधिको कुरा हो । अगामी दिनमा वातावरण प्रदुषण कसरी न्युनिकरण गर्न सकिन्छ भनेर विश्वव्यापी रुपमै विकासित देशहरु लागिपरेको अवस्था हो । 

त्यस्ता देशहरुले विद्युतिय गाडी (इभी)लाई विगतदेखिनै प्राथमिकतामा राखेको छ । ती देशहरुले सन् ०२२, ०२५ र ०३० सम्ममा पेट्रोलियम गाडीहरु हटाएर सम्पूर्ण इभी गडीहरु सञ्चालन गर्ने घोषणा गरिसकेको छ । छिमेकी देश भारत, चीन लगायतमा पनि त्यस्तो घोषणा गरिसकेको छ ।

सो परिस्थितिबाट हामी अछुत रहन सक्दैनौं । हामी आफैले सवारी साधनको अध्ययन र विकास गर्न नसक्नुले अर्काको प्रविधिमा निर्भर रहनु परेको छ । त्यसैले समय सापेक्ष हामीले नेपालमा ल्याएर विद्युतिय गाडी बिक्री गर्नु पर्छ ।

त्यसको लागि सरकारले पनि अन्तशुल्क, भन्सार लगायतमा पर्याप्त छुट दिएको छ । पेट्रोलियम गाडीको तुलनामा इभीमा  अत्यधिक छुट दिएको हो । त्यो कारणले गर्दा सस्तो पर्छ । यद्यपि पेट्रोलियम गाडीमा २५६ प्रतिशतसम्म कर सरकारले लगाएको छ ।

इभीमा हेभी भेहिकलहरु ट्रक, टीपर, बस लगायत लामो दुरीको गाडीमा भने छैन । यसबाहेक सहरी क्षेत्रमा चल्ने फोर र थ्री पांग्रे सवारी साधनहरुको बिक्री वृद्धिको सम्भावना धेरै छ । एक दुई कम्पनीले पहिलेदेखिनै इभी बिक्री गरिरहेको छ भने केही कम्पनीहरु जो पेट्रोलियम सवारी साधन बिक्री गरिरहेका छन् । उनीहरुले पनि इभी बिक्री गर्न एग्रेसिभ भएर लागिरहेका छन् ।

सायद यो शोमा पनि केहि कम्पनीले इभी गाडी सार्वजनिक गर्दैछन् । मैले सुनेअनुसार टाटा र हुन्डाईले विद्युतिय गाडी सार्वजनिक गर्नेभएको छ । यस्ता ठूला कम्पनीहरुले इभी सार्वजनिक गर्नाले ग्राहकहरुमा विश्वास बढ्ने र व्यापार समेत वृद्धि हुने देखिन्छ ।

सवारी साधनहरु दुर्घटना हुने गरेको छ । त्यमसा नडा कति र सरकार कति जिम्मेवारी छ ? साथै सरकारले लिएको २० वर्ष पुरानो गाडी हटाउने नीतिलाई कसरी हेर्नुभएको छ ?

प्रमुख समस्या सडक हो । हाम्रोमा सडक राम्रा छैनन् । बन्न सकेको छैन । विगतमा स्थायी सरकार थिएन भनेर टार्न सकिन्थ्यो । तर अहिले स्थायी सकार आइसकेको छ । त्यसो भन्ने बाटो अहिले छैन ।सकारको चाहना पनि विकासै हो । सरकारले पनि कोसिस गरिनै रहेको छ । सकारको कोसिसलाई हामीले पनि  सहयोग गर्नुपर्छ । 

अहिले आएका गाडीहरु ब्रेक र स्ट्रेरीङ फेल हुने सम्भावना अत्यन्तै कम हुन्छ । प्रविधिको उच्च विकास भएको छ । पहिले ओयल ब्रेक सिस्टम थियो । त्यो सिस्टममा एउटा चक्कामा ब्रेक नलागे सम्पूर्ण चक्कामा ब्रेक लाग्दैन थियो । तर अहिले ब्रेक फेल भयो भन्ने सुनिन्दैन । किनभने अहिले कुनै एउटा चक्कामा ब्रेक नलागे त्यसमा मात्रै लाग्दैन अरुमा तीन ओटामा लाग्छ । त्यसलाई एयर ब्रेक र एबीएस सिस्टम भनिन्छ ।

त्यस्तै पछिल्लो सयम गाडीको स्ट्रेरिङ पनि हाइड्रोलिक हुनेगरेको छ । सो कारणले गर्दा पनि फेल हुदैन । गाडी धनिले नै लापरबाहरी गर्यो भने दुर्घना होला नत्र हुदैन । दुर्घना ब्रेक र स्ट्रेरीङको कारणले हुने हो । त्यससको लागि अहिले कुनै समस्या छैन । प्रविधिले फड्को मारिसकेको छ । हामीले चाहेर नचाहेरभन्दा पनि समय सापेक्षा प्रविधिको उच्च विकास हुदै गएको हो । 

हामी यूरो थ्री मापदण्डभन्दा माथिको गाडीहरु बिक्री गर्छौ । अहिले भनेको सडक र ड्राइभरको जनचेतना लगायत कमजोरीको कारणले सडक दुर्घटना हुने गरेको छ । एसएलसी पास गरेकाहरुलाई मात्रै कमर्शीयल तथा सार्वजनिक गाडी चलाउन दिन माग राखेका छौं । सँगै  ड्राइभरलाई ड्राइभीङ सम्बन्धी जनचेतना दिने समय आएको छ ।

अहिले सरकारले निजीभन्दा पनि सार्वजनिक गाडीको लागि २० वर्षे नीति ल्याएको हो । हामीले भने फीटनेशको आधारमा गाडी पुरानो र राम्रो हुन्छ भन्छौ । गाडीलाई फीट राख्यो, मेन्टेनेन्स गरिरहेको खण्डमा गाडी ३० वा त्योभन्दा बढी वर्ष टिक्छ ।

पछिल्लो समय अटोमोबाइल कम्पनीले मनपरी नाफा खाएर गाडीको बिक्री गरिरहेको छ भन्ने कुरा आएको छ । यसप्रति नाडाको भनाइ के छ ?

यो नबुझेर भनिएको हो । पहिलो हाम्रो करेन्सी भारत तथा डलरभन्दा कम्जोर छ । त्यसलाई रोकेर राेकिन्न । भन्सार दर, अन्तशुल्क, सडक दस्तुर, वीमा लगायत सबै जोड्दा महङ्गो पर्ने हो ।
कम्पनीले गाडी खरिदमा छुट पनि दिएको छ । छुट हुदाहुदै पनि मूल्यअभिवृद्धीसहितको कर सरकारलाई १३ प्रतिशत दिन्छौं । बीचमा धेरै खर्चहरु जोडिन्छ । 

हामीले आयकर ऐेनमा व्यवस्था भए बमोजिम आयको आधारमा कर बुझाउदै आएका छौं । हामीले अटोमोबाइल क्षेत्रमा खुद २० प्रतिशत नाफा पनि खान पाउदैनौं । वास्तविकता केही फरक छ ।

गाडीको संख्या सडकको क्षमताभन्दा बढी भएको भनिन्छ यसलाई कसरी हेर्नुभएको छ ?

नेपालमा एक प्रतिशतसँग चार र ७ प्रतिशतसँग मात्रै दुई पांग्रे सवारी साधनको पहुँच छ । त्यसआधारमा भन्नुपर्दा हामीसँग सडकै छैन । विश्वको तुलनामा हाम्रो सडक र गाडीको पहुँच अत्यन्त कम छ । एउटा घर एउटा सवारी साधन हुनु पर्छ भन्ने हाम्रो मान्यता हो । सडकै छैन । 

अन्तराष्ट्रिय मापदण्डअनुसार जमिनको आधारमा १० प्रतिशत सडक हुनुपर्छ । त्यस हिसाबले काठमाडौंमै पनि दुई प्रतिशत मात्रै सडक छ । अरु ठाँउको कुरै छोडौं । पूर्वाधार विकास नभएको अवस्थामा समग्र विकास सम्भवन छैन । सडकमा जबसम्म पर्याप्त मात्रामा सवारी साधनहरु गुड्न सक्दैन देशको विकास भएको मान्न सकिन्न । अटोमोबाइलकै माध्यमबाट विकासमा फड्को मार्न सकिने हो ।

नेपालमा अटोमोबाइलको क्षेत्रको व्यापार वृद्धिले विकास सम्भव छ । विकासको लागि यातायात अत्यावश्यक भइसकेको छ । त्यसको लागि सडक निर्माण तथा विस्तारको आवश्यकता छ । सवारी साधन घटाउने कुरा होइन । सरकारले सडक सम्बन्धी विभिन्न शुल्कहरु उठाएको छ । त्यसलाई सदुपयोग गरी सडक बनाउनु पर्ने हाम्रो धारणा छ ।

अधिकांश नागरीकको अटोमोबाइलसम्म पहुँच छैन । त्यसैले नेपालमा अटोमोबाइल सम्बन्धी एसेम्बल उद्योग स्थापना हुन नसकेको हो । विभिन्न एसेसरीज पार्टस्हरुको पनि उद्योग स्थापना गर्न सबैमा अटोमोबाइलको पहुँच हुनु पर्दछ । अनि मात्रै चल्छ ।

नेपालमै अटोमोबाइल उत्पादन/एसेम्बल गर्दा वा आयात गर्दा मुलुकको लागि हित हुन्छ ?

नेपालमा करिब २२/२५ ओटा चार पांग्रे सवारी साधनको कम्पनी छ । उक्त कम्पनीले गाडी उत्पादन गरेर टिक्नका लागि प्रत्येक वर्ष १० हजार ओटा गाडी उत्पादन गर्नुपर्छ । करिब २५ फ्याक्ट्रीले उक्त संख्यामा गाडी उत्पादन गर्ने हो भने एक वर्षमै २ लाख ५० हजार गाडी उत्पादन हुन्छ । त्यसलाई कहाँ खपत गर्ने ? त्यसकाराण अहिले मुलुकमा गाडीको उत्पादन तथा एसम्बल गर्न सकिने अवस्था छैन । 

जबसम्म हाम्रो देश सम्पन्न हुदैन । तबसम्म सर्वसाधरणमा गाडी खरिद गर्न सक्ने क्षमता हुदैन र उत्पादन गरिएको गाडी खपत हुन सक्दैन । त्यतिखेरसम्म आयातमै भर पर्नु पर्ने देखिन्छ ।विकसित भए मुलुकमै खपत हुनुको साथै निर्यात गर्नको लागि सम्भावनाको ढोका समेत खुल्न सक्ने देखिन्छ ।

त्यस्तै अटोमोबाइल सम्बन्धी अन्य उद्योगहरुको सम्भावना पनि छ । अहिले लुब्रिकेन्ट ४० प्रतिशत मुलुकमै उत्पादन हुन्छ । केही टायर, ब्याट्री  लगायत पनि स्वदेशमै बन्छ ।  एउटा गाडी बन्नका लागि कुल १८ हजार विभिन्न पर्टस् अवश्यक छ । त्यसैले अटोमोबाइल समबन्धी सहायक उद्योगहरु स्थापना र सञ्चालनको सम्भावना छ ।

मुलुकमा गाडीको एसेम्बल हुनुअघि नै स्पेयर पार्टसहरु उत्पादन गर्न शुरु गर्नुपर्छ । हामीले त्यस्ता पार्टस्हरुलाई सीमा क्षेत्रको बजारमा बिक्री गर्न सक्छौं । अहिले हामीलाई स्पेयरपार्टस् निर्माण गर्ने कच्चा पदार्थभन्दा तयारीमा सस्तो पर्ने भएकोले तयारी नै आयात हुने गरेको छ ।

पछिल्लो समय सरकारले एक सय ५० सीसीभन्दा बढीको मोटरसाइकल र हजार सीसीभन्दा बढीको चार पंग्रे सवारी साधनमा ह्वात्तै भन्सार बढाएको छ । यसलाई कसरी हेर्नु भएको छ ?

सरकारले विगतमा सवारी साधनलाई विलासी साधनको रुपमा हेरिरहेको थियो । उक्त सोचमा केही परिवर्तन भएको हो कि भन्ने हामीलाई पनि लागेको छ । यसलाई नाडाले सकरात्मक रुपमै हेरेको छ । सरकारले पनि नेपालीहरुको अर्थिक क्षमताअनुसार एक सय ५० सीसीको दुई र हजार सीसीको चार पंग्रे सवारी साधनलाई अत्यावश्यक सवारी साधनको रुपमा लिएको बुझिन्छ । 

यद्यपि हामीले देशको सडकलाई मध्यनजर गरेर केही बढी सीसीका दुई र चार पंग्रेलाई अत्यावश्यक सवारी साधनको रुपमा राख्नु पर्ने हाम्रो माग हो । त्यस सम्बन्धमा पनि सरकारसँग छलफल भने भइनै रहेको छ ।

भन्सार बढेकोले अटोमोबाइलको व्यापारमा भने केही गिरावट आएको छ । करिब ३० प्रतिशत व्यापार वृद्धि हुनु पर्नेमा थोरै प्रतिशत बिक्री घटेको अवस्था छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्