बुधबार, वैशाख २६, २०८१

सिन्धुपाल्चोक : 'लालकिल्ला' जोगाउन वाम उम्मेदवारलाई कांग्रेसको भर

दुवै क्षेत्रमा जिल्ला कुनै बेला 'लालकिल्ला' भएपनि त्यसलाई जोगाउन यसपालि दुवै वाम दल एमाले-माओवादीलाई कांग्रेसको भर पर्नुपरेको छ।
 |  बुधबार, कात्तिक १६, २०७९

शर्मिला ठकुरी

शर्मिला ठकुरी

बुधबार, कात्तिक १६, २०७९

सिन्धुपाल्चोक- सत्तारुढ ५ दलीय गठबन्धनविरुद्ध सिन्धुपाल्चोकमा एमाले एक्लै चुनावी प्रतिस्पर्धामा छ। एमालेका केन्द्रीय नेताले देशभर १५० सिट जित्ने दाबी गरेपनि सिन्धुपाल्चोकको मैदानमा भने उसका उम्मेदवारलाई जित हासिल गरी लालकिल्ला जोगाउने विरासत थाम्न मुस्किल छ। 

triton college

प्रजातन्त्रको पुनर्स्थापनापछि सिन्धुपाल्चोकका स्थानीय तहमा बलियो पकड बनाएको एमालेलाई मंसिर ४ को चुनाव भने भारी पर्ने आकलन स्थानीय मतदाताको छ। गत स्थानीय तहमा वडाध्यक्षले पाएको मतलाई आधार मान्दा जिल्लामा अहिले नेकपा एमाले अंकगणितीय हिसाबमा कमजोर देखिन्छ। सिन्धुपाल्चोकका दुवै क्षेत्रमा जित्नका लागि एमालेलाई नेपाली कांग्रेसका असन्तुष्ट कार्यकर्ताको भर छ। 

२०७४ मा वाम गठबन्धनको बलमा क्षेत्र नम्बर १ माओवादी केन्द्रका अग्नि सापकोटा र क्षेत्र नम्बर २ बाट नेकपा एमालेका शेरबहादुर तामाङ विजयी भएका थिए। दुवै ठूला वाम दल भएकाले जित सहज भएको तर यसपालि अवस्था फेरिएको छ। ५ दलीय सत्ता गठबन्धनका उम्मेदवारप्रति स्थानीय क्षेत्रमा सम्बन्धित दलका कार्यकर्ता नै खुस छैनन्। यसको फाइदा लिने रणनीति बनाइरहेको एमालेलाई कांग्रेसका असन्तुष्टहरूको मत दिए जित्न सकिने भर लाग्न थालेको छ।  

२०७४ को निर्वाचन ताका सिन्धुपाल्चोकमा नेपाली कांग्रेस र राप्रपाबीच तालमेल थियो। सिन्धुपाल्चोक -२ मा राप्रपाबाट पशुपति शमशेर जबरा प्रतिनिधिसभा सदस्यको लागि उमेदवार बनेका थिए। उनका प्रतिद्धन्द्धी नेकपा एमालेका शेरबहादुर तामाङ भएपनि राणाले जित्ने लगभग निश्चित थियो। तर तत्कालीन समयमा नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्यको लागि उमेदवार बनेका निमा लामाले एमालेका शेरबहादुर तामाङसँग मिलेर राप्रपालाई धोका दिँदा राणा हारेका थिए। त्यस्तै तत्कालीन समयमा एमालेले पनि माओवादी केन्द्रका प्रदेशसभा उम्मेदवार दावा तामाङलाई खुलेर समर्थन नगर्दा हार्न पुगेका थिए। 

अहिले पनि नेपाली कांग्रेस र माओवादी केन्द्रको अन्तर्द्वन्द्वको फाइदा उठाउने पक्षमा एमाले छ। प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा गठबन्धनका तर्फबाट सभामुख अग्नी सापकोटाका भतिजा माधव सापकोटा (सुबोध) चुनावी मैदानमा छन्। त्यस्तै नेकपा एमालेको तर्फबाट सरेश नेपाल रहेका छन्। 

corrent noodles
Metro Mart

स्थानीय चुनावमा आएको मतको हिसाबमा यो क्षेत्रमा नेपाली कांग्रेस पहिलो पार्टी हो। नेपाली कांग्रेसको ३४ हजार ९७१ र माओवादीको १९ हजार ३३४ मत छ। नेकपा एसको २ हजार ३९१ मत रहेको छ। समग्रमा गठबन्धनको प्रतिनिधिसभाको क्षेत्र नम्बर १ मा गठबन्धनको कुल ५६ हजार ६८७ मत छ। यो क्षेत्रमा एमालेको २६ हजार ५५९ मत छ। यहाँ गणितीय हिसाबमा गठबन्धनले निकै अघि छ। स्थानीय तहमा एमालेका उम्मेदवारले भन्दा गठबन्धनका उम्मेदवारले ३० हजार १२७ मत बढी पाएका थिए। 

यस क्षेत्रमा माओवादी र गठबन्धनका अन्य दलबीच भएको मनमुटावका कारण नेकपा एमालेले जित्नसक्ने बलियो आधार भने तयार भएको एमाले नेताको दाबी छ। 

पूर्वसञ्चारमन्त्रीसमेत रहेका मोहनबहादुर बस्नेतको क्षेत्र पनि १ नम्बर नै हो। तर गठबन्धनको भागबन्डा मिलाउँदा उनी सिन्धुपाल्चोक-२ बाट गठबन्धनका साझा उम्मेदवार बनेका छन्। क्षेत्र नम्बर १ बाट गठबन्धनका साझा उम्मेदवार भनिएका माओवादी केन्द्रका माधवलाई उनले 'फुच्चे' भन्ने गरेका छन्। सापकोटा विजयी भए फेरि आफ्नो पक्षमा मत पार्न नसकिने भयले बस्नेतलाई गाँजिरहेको छ। 

प्रकाशित: Nov 02, 2022| 18:38 बुधबार, कात्तिक १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...