आइतबार, असार ७, २०८३

१९ मंसिरभित्रै आमसभाको खर्च विवरण बुझाउन राजनीतिक दलहरूलाई आयोगको निर्देशन

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीतका गतिविधि गर्ने ७१ उम्मेदवारलाई सोध्यो स्पष्टीकरण।
 |  बुधबार, कात्तिक १६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १६, २०७९

काठमाडौं– निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभामा उम्मेदवार भएकाहरूले निर्वाचन क्षेत्रमा सभा–सम्मेलन आयोजना गर्दाको खर्च विवरण १९ मंसिरभित्रै बुझाउनुपर्ने बताएको छ।

National life

बुधबार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जुनसुकै उम्मेदवारले चुनावी क्षेत्रमा चुनावी सभा–सम्मेलन गर्दा भएको खर्च चुनाव सकिएको १५ दिनभित्र पेस गर्न निर्देशन दिइएको बताएका हुन्। 

उनले आयोगले संघीय र प्रदेश सरकारका मन्त्रीले चुनाव प्रचार–प्रसारमा जाँदा अनुमति लिनुपर्ने र अनुमति लिएर चुनाव प्रचारमा गएकाहरूले सरकारी स्रोत–साधन प्रयोग गरे/नगरेको निगरानी गरिने बताए। आयोगले १२ असोजदेखि अहिलेसम्म निर्वाचन आचारसंहिता विपरीत गर्ने ७१ जनालाई स्पष्टीकरण सोधेको उनले जानकारी दिए।

आयोगले उम्मेदवारको चुनावी खर्चको परीक्षण मान्यता प्राप्त लेखापरीक्षकबाट गराइने थपलियाको भनाइ छ। ‘आयोगले उम्मेदवारको चुनावी खर्चलाई अब दर्ता भएका लेखापरीक्षकबाट परीक्षण गराउनेछ। हामीले तोकेको सीमाअनुसार उम्मेदवारको खर्च लेखापरीक्षकले जाँचबुझ गर्नेछन्,’ थपलियाले भने। 

राजनीतिक दल तथा उम्मेदवारले १७ कात्तिकबाट कोणसभा तथा आमसभा गर्न पाउनेछन्। निर्वाचन आचारसंहिता पालना गर्दै गतिविधि गर्न आयोगले राजनीतिक दललाई निर्देशन दिएको छ।

Shivam cement

प्रकाशित: Nov 02, 2022| 15:09 बुधबार, कात्तिक १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...