शुक्रबार, वैशाख १४, २०८१

सप्तरी–४ : ह्याट्रिकको दाउमा तेजुलाल, पहिलो प्रयासमा बालकिशोर

देशभर वाम गठबन्धनको लहर आउँदा २०७४ मा कांग्रेसले जितेका २३ निर्वाचन क्षेत्रमध्येको सप्तरी–४ मा पुनः दोहोरिएका तेजुलाल चौधरी एमाले–जसपा गठबन्धनका बालकिशोर यादवसँग चुनावी मैदानमा छन्।
 |  बुधबार, कात्तिक १६, २०७९

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

बुधबार, कात्तिक १६, २०७९

काठमाडौं– सप्तरी–४ मा नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र एमाले–जसपा गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा दुई गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिएको हो। सत्तारुढ गठबन्धनले कांग्रेसका तेजुलाल चौधरीलाई अघि सार्दा एमाले–जसपा गठबन्धनले जसपाका बालकिशोर यादवलाई मैदानमा उतारेको छ। 

triton college

दुई गठबन्धनका उम्मेदवारबाहेक जनमत पार्टीका सुकदेव साह, राष्ट्रिय प्रजातन्त्र पार्टीका मकुन चौधरी, राप्रपा नेपालका कपिलदेव यादव, नागरिक उन्मुक्ति पार्टीका देमन मियाँ, बहुजन शक्ति पार्टीका विश्वेन्दर पासवान, नेपाल आमा पार्टीका देवानन्द चौधरी, नेपाल सद्भावना पार्टीका सञ्जोग चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टीका मो. इरफान आलम चुनावी प्रतिस्पर्धामा छन्। 

यस्तै, माधुरीकुमारी साह, जियाउल रहमान, शंकरलाल चौधरी, छेदीलाल पासमान, काशिम मियाँ, सुरेशकुमार चौधरी थारुले स्वतन्त्र उम्मेदवारी दिएका छन्। तर सप्तरी–४ को ग्राउन्ड रियालिटी हेर्दा दुई गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिन्छ। 

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्र कांग्रेसले जितेको थियो। देशभर वाम गठबन्धनको लहर आउँदा कांग्रेसले जितेका २३ निर्वाचन क्षेत्रमध्येको एक हो– सप्तरी–४। यो क्षेत्रमा अहिलेकै उम्मेदवार तेजुलाल चौधरीले जित निकालेका थिए। चौधरी २४ हजार ११३ मत ल्याएर विजयी हुँदा तत्कालीन राष्ट्रिय जनता पार्टीका मृगेन्द्रकुमार सिंह यादवले १४ हजार ८८६ ल्याएका थिए। एमालेका मो. इस्लामले १४ हजार ३०५ मत मात्रै प्राप्त गरेका थिए।  

देशभर वाम गठबन्धनको लहर आउँदा २०७४ मा कांग्रेसले जितेका २३ निर्वाचन क्षेत्रमध्येको सप्तरी–४ मा पुनः दोहोरिएका तेजुलाल चौधरी एमाले–जसपा गठबन्धनका बालकिशोर यादवसँग चुनावी मैदानमा छन्।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतलाई आधार मान्दा यो क्षेत्रमा कांग्रेस नै बलियो स्थितिमा देखिन्छ। कांग्रेसले १६ हजार ९७५ मत प्राप्त गरेको थियो।  जनता समाजवादी पार्टीले १५ हजार ६८२ मत ल्याउँदा एमालेले १० हजार ४४ मत ल्याएको थियो। नेकपा एसले ८ हजार ४५०, माओवादीले ६ हजार ९२०, जनमतले पार्टी ५ हजार ४०२, लोसपाले ३ हजार ८४८ र  राप्रपाले ५०३ मत प्राप्त गरेका थिए।

corrent noodles
Metro Mart

यो मतलाई आधार मान्दा सप्तरी–४ मा तेजुलालको पक्षमा ३६ हजार १९३ मत देखिन्छ। बालकिशोरका पक्षमा २५ हजार ७२६ मत देखिन्छ। यही भोट प्याट्रन आगामी निर्वाचनमा कायम रहे सप्तरी–४ सत्ता गठबन्धनका लागि सहज देखिन्छ। यो क्षेत्रमा सुरुंगा नगरपालिका, खड्क नगरपालिका, बोदेवरसाइन नगरपालिका र बलान बिहुल गाउँपालिका गरी चार पालिका रहेका छन्।

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसले सुरुंगा नगरपालिका, जसपाले बोदे बरसाइन नगरपालिका, नेकपा (माओवादी केन्द्र) ले खड्क नगरपालिका र जनमत पार्टीले बलानबिहुल गाउँपालिका प्रमुख पदमा जित हात पारेको थियो।  

यस क्षेत्रमा १३३ मतदान केन्द्र छ । यहाँ ५३ हजार १८० पुरुष, ५१ हजार ७०८ महिला र अन्य ५ गरी कुल १ लाख ४ हजार ८९३ मतदाता छन्।

ह्याट्रिक दाउमा तेजुलाल, पहिलो प्रयासमा बालकिशोर 
सप्तरी–४ मा सत्ता गठबन्धनले उम्मेदवार बनाएका चौधरी ह्याट्रिक गर्ने दाउमा देखिन्छन्। यसअघि यही क्षेत्रबाट २०७० र २०७४ मा जितिसकेका उनी ह्याट्रिक गर्ने अभियानमा छन्। यस पटक आफ्नो जित पक्का रहेको दाबी उनको छ। ‘म यस पटक १०० प्रतिशत चुनाव जित्छु, लेखेर राख्नुहोला,’ चौधरीले भने। आफ्नो जितप्रति विश्वस्त देखिएका चौधरी यसअघि आफूले गरेका काम नै जितको आधार भएको तर्क गर्छन्।   

‘विगतमा मैले गरेका काम नै मेरो चुनाव जित्ने पहिलो आधार हुन्। म भ्रष्टाचार विरोधी मान्छे हुँ। मेरो पहलमा र निर्वाचन क्षेत्र विकास कोषबाट प्राप्त बजेट यो क्षेत्रमा आएको छ। कसैले पनि एक पैसा खान पाएको छैन र दिएको छैन,’ उनले भने। उनले अबको कार्यकालमा क्षेत्रको विकासमा आफूसँग स्पष्ट योजना रहेको बताए। ‘गुणस्तरीय शिक्षाका पहल र प्रयत्न गर्नेछु। यो क्षेत्रमा शिक्षा र स्वास्थ्यको समस्या छ। म त्यसका लागि पहल गर्छु। किसानका लागि सिंचाइ सुविधा छैन। त्यो समस्या समधान गर्न सकिन्छ। त्यसमा काम गर्नेछु। युवाहरू बेरोजगार छन्, रोजगारी दिलाउने प्रयत्न गर्नेछु,’ उनले भने, ’कृषि उत्पादनमा जोड दिन्छु, गुणस्तरीय खानेपानी उपलब्ध गराउने र सबै सडक कालोपत्रे गर्ने मेरा योजना छन्।’

जसपाका बालकिशोर यादव भने प्रतिनिधिसभा निर्वाचनमा पहिलो पटक प्रतिस्पर्धा गर्दै छन्। उनी जनताले चाहे आफू सांसद बन्ने तर अहिल्यै जित निश्चित भइसकेको भनेर दाबी गर्दै नहिँड्ने बताउँछन्। सप्तरी–४ मा जनता र जनप्रतिनिबीचको सम्बन्ध टुटेको दाबी उनको छ।

‘जनता र जनप्रतिनिधिबीचको जुन रिलेसन छ, त्यो टुटेको छ। म त्यसलाई जोड्न चाहन्छु,’ उनले भने, ‘जनताले जिताएर मौका दिए भने जिम्मेवारी लिएर काम गर्छु। पहिलो पटक परिवर्तनको एजेन्डा लिएर चुनावी मैदानमा छु।’ 

मलेठ घटनाको प्रश्नले लखेटिएका बालकिशोर 
एमाले र जसपाबीच चुनावी तालमेलप्रति मतदाताले बारम्बार प्रश्न उठाइरहेका छन्। उनीहरूले सप्तरीको मलेठ घटनासँग जोडेर एमाले–जसपाका उम्मेदवार बालकिशोरसामु प्रश्न तेस्र्याइरहेका छन्। 

संविधानसँग जारी भएसँगै असन्तुष्टि जनाउँदै भएको मधेस आन्दोलनलगत्तै (२३ फागुन २०७३) मा एमालेको मेची–काली अभियानका क्रममा भएको घटनामा ५ जनाको ज्यान गएको थियो। एमालेको अभियानका क्रममा गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा भएको कार्यक्रममा तत्कालीन मधेसी मोर्चाले विरोध प्रदर्शन गरेको थियो। प्रदर्शनकारीको ठूलो संख्या मञ्चतर्फ अघि बढेपछि प्रहरीले गोली चलाएको थियो। गोली लागेर मलेठका पिताम्बर मण्डल, सञ्जन मेहता, वीरेन्द्र महतो, प्रसवनीका आनन्द साह र इनर यादवको मृत्यु भएको थियो।

अहिले बालकिशोरलाई एमालेका कारण मलेठ घटना घट्न पुगेको दाबी गर्दै ऊसँग गठबन्धन गर्नुको कारण के हो? भनेर प्रश्न गरिरहेका छन्। ‘एमालेसँग किन तालमेल गर्नुभयो भन्ने प्रश्न उठ्ने गरेको छ। पार्टीलाई अघि बढाउन प्रजातन्त्रिक मूल्य–मान्यताअनुसार नै गठबन्धन गर्नुपरेको हो भनेर जवाफ दिने गरेको छु,’ उनले भने।

प्रकाशित: Nov 02, 2022| 12:34 बुधबार, कात्तिक १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...