काठमाडौं– नेकपा एमालेले निकै तडकभडकका साथ घोषणापत्र सार्वजनिक गरेको छ। एमालेले पाँचतारे होटल याक एण्ड यतीबाट चुनावी घोषणापत्र सार्वजानिक गरेको हो।
घोषणापत्रको सार्वजानिक नेकपा एमालेका अध्यक्ष केपी ओलीले गरेका छन्। ओलीले हातको स्क्यान गरी घोषणापत्रको डिजिटल भर्सन सार्वजनिक गरेका छन्। घोषणापत्र सार्वजनिक कार्यक्रमको उद्घोषण नेपाल सुन्दरी सदीक्षा श्रेष्ठले गरेकी छन्। घोषणापत्र सार्वजनिक कार्यक्रमस्थल याक एण्ड यती होटलमा ओलीको तस्बिरसहितका ठूला ठूला पोष्टर र डमी बनाएर राखिएको छ। नेता–कार्यकर्ता त्यहाँ फोटो खिचाउन झुम्मिएका छन्। घोषणापत्र सार्वजनिकसँगै ओलीले ’लाइभ डिबेट’ पनि गर्नेछन्।
यसअघि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आफ्नै पार्टी कार्यालयबाट घोषणापत्र सार्वजनिक गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीले भने बानेश्वरको एक व्याङ्क्वेटबाट घोषणापत्र सार्वजनिक गरेको थियो।