काठमाडौं– नेपाल प्रेस काउन्सिलले कार्टुन बनाएको विषयलाई लिएर २४ घण्टे स्पष्टीकरण सोधेपछि सो निर्णय फिर्ता लिन कार्टुनिष्ट क्लब अफ नेपालले माग गरेको छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध गएको भन्दै नेपाल कार्टुनिष्ट क्लबले काउन्सिलले उत्ताउलो व्यवहार नदोहोर्याउन आग्रह गरेको छ।
नागरिक दैनिकमा मिति २०७१ कात्तिक ३ गतेको अंकमा ‘कल केपी बा’ शीर्षकमा प्रकाशित रविन सायमीको कार्टुनको विषयलाई प्रेस काउन्सिलजस्तो जिम्मेवार निकायले नागरिक नागरिक २४ घन्टे स्पष्टीकरण सोध्नु संविधानमै व्यवस्था भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्धको आक्रमण हो भन्ने भएको क्लबले बताएको छ।
‘कार्टुनमा व्यंग्य गर्यो, कार्टुन व्यंग्यात्मक भयो भन्दै रुवाबासी गर्नु थोरै मात्रै पनि कलाचेत र पत्रकारिताको ज्ञान भएकोहरूलाई लज्जा हुनुपर्ने विषय हो। अझ यसैलाई लिएर सोधिएको स्पष्टीकरणप्रति हामीलाई आश्चर्य लागेको छ,’ विज्ञप्तिमा उल्लेख छ।