सोमबार, असार ८, २०८३

राजनीतिक दल तथा उम्मेदवारलाई टेलिभिजन र रेडियोबाट चुनावी प्रचार गर्न छुट, पत्रिकामा बन्देज

राजनीतिक दल वा उम्मेदवारले तोकिएको मापदण्डबाहिर गएर चुनावी प्रचार–प्रसार गरे स्पष्टीकरण सोधिने।
 |  मंगलबार, कात्तिक १५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १५, २०७९

काठमाडौं– निर्वाचन आयोगले आगामी ४ मंसिरको निर्वाचनमा सहभागी हुने राजनीतिक दल तथा उम्मेदवारले खर्चको दायरामा रहेर विभिन्न सञ्चार माध्यममा चुनावी प्रचार–प्रसार गर्न पाउने भएका छन्।

National life

आयोगले सञ्चार माध्यमको प्रयोग गर्दा अपनाउनुपर्ने आचरणसहित चुनावी प्रचार–प्रसार गर्न पाइने बताएको हो। 

विगतका निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले जथाभावी सञ्चार माध्यमको उपयोग गरेको पाइएकाले यसपालि त्यस्ता प्रचार–प्रसारको निगरानी गरिने आयोगले जनाएको छ।

सह–प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगका साथै प्रेस काउन्सिलले पनि त्यसको निगरानी राख्नेछ। राजनीतिक दल वा उम्मेदवारले तोकिएको मापदण्डबाहिर गएर चुनावी प्रचार–प्रसार गरे स्पष्टीकरण सोधिनेछ। 

आयोगले सार्वजनिक गरेको प्रचारप्रसार आचारसंहिताअनुसार कुनै पनि राजनीतिक दलले निजी क्षेत्रका टेलिभिजन, रेडियो वा एफएम रेडियोको माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्दा कम्तीमा एक घन्टाको अन्तरालमा २४ घन्टामा बढीमा चार पटक र एक पटकमा बढीमा एक मिनेटसम्म प्रसारण गर्न पाउनेछन्।

Shivam cement

त्यस्तै, पत्रपत्रिकाको हकमा राजनीतिक दलले निजी क्षेत्रको पत्रपत्रिकामा सात÷सात इन्चसम्मको आकारमा आफ्नो दलको चुनावी प्रचार गर्न पाउनेछन्। आमनिर्वाचनमा सहभागी हुने उम्मेदवारको हकमा प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारले एक दिनमा चार पटकसम्म निजी रेडियो तथा टेलिभिजनमा एक मिनेटको प्रचार सामग्री प्रसारण गर्न पाउनेछन्।

प्रसारण लगातार नगरी एक घन्टाको अन्तराल कायम हुनुपर्नेछ । प्रदेशसभाका उम्मेदवारले दिनको तीन पटकसम्म एक मिनेटको प्रचार सामग्री प्रकाशन, प्रसारण गर्न पाउनेछन्।

उम्मेदवारको हकमा निजी पत्रपत्रिकामा चुनावी प्रचार–प्रसारमा भने बन्देज लगाइएको छ । चुनावमा सहभागी हुने राजनीतिक दल तथा उम्मेदवारले कुनै पनि विदेशी सञ्चार माध्यम र सरकारी सञ्चार माध्मबाट भने कुनै पनि प्रकारको चुनावी प्रचार–प्रसार गर्न नपाइने सह–प्रवक्ता अर्यालले बताए। 

उनले भने, ‘आयोगले स्थानीय निर्वाचनकै समयदेखि नै दुष्प्रचार नियमन, सामाजिक सञ्जाल प्रयोगमा नियमन गर्ने विषयमा जोड दिएको छ ।’ 

दुष्प्रचारसहित मत माग्न पाइन्न, दुष्प्रचारमा अन्य व्यक्तिले सेयर, लाइक तथा कमेन्ट गर्न नपाइने व्यवस्था छ। तर चुनावी विषयमा जानकारी गराएका र राम्रा कुरामा भने त्यो लगाम छैन।

राजनीतिक दल तथा उम्मेदवारले मतदानको १७ दिनअघिसम्म औपचारिक रूपमा प्रचार–प्रसार गर्न पाउनेछन्। तर प्रचार–प्रसारका क्रममा मञ्च, सञ्चार माध्यमलगायतमा भएको खर्च विवरण निर्वाचन सकिएको १५ दिनभित्र पेस गर्नुपर्नेछ।

प्रचार–प्रसारका क्रममा दुई बढी सवारी साधन  प्रयोग गर्न नपाइने व्यवस्था छ। तर विभिन्न निजी सञ्चारमाध्यमका उच्च पद तथा सञ्चालक समितिमा कायम रहेका उम्मेदवारको हकमा भने निर्वाचन आयोग मौन छ।

देशभर त्यस्ता उम्मेदवार कति छन् र सञ्चार माध्यममा लगानी रहेका राजनीतिक दलका विषयमा आयोगको आचारसंहितामा कुनै मापदण्ड तोकिएको छैन। 


प्रकाशित: Nov 01, 2022| 12:18 मंगलबार, कात्तिक १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...