हुम्ला- हुम्लाको अदानचुली गाउँपालिकामा उपचार नपाउँदा सुत्केरीको मृत्यु भएको छ।
गाउँपालिकाको वडा नम्बर-५ काँखेकी २० वर्षीया रङ्गिता शाहीको उपचार नपाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ।
दोस्रो सन्तान छोरीलाई जन्म दिएपछि शाहीको मृत्यु भएको हो। सुत्केरीपछि उनको स्वास्थ्यमा समस्या आएको थियो।
गाउँ नजिकै स्वास्थ्य चौकी नहुँदा शाहीको अकालमै मृत्यु भएको स्थानीयले बताइएको छ।