सोमबार, असार ८, २०८३

एकीकृत समाजवादी घोषणापत्र : कृषि उत्पादकत्वमा जोड

आगामी निर्वाचनका लागि तयार पारिएको घोषणापत्रमा कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरण तथा किसानलाई कृषियन्त्र, मल, बीउ, प्रविधिको सहज उपलब्ध गराउने लक्ष्य लिएको छ।
 |  मंगलबार, कात्तिक १५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १५, २०७९

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) ले कृषि उत्पादकत्वमा वृद्धिका लागि कृषि पूर्वाधारमा ठूलो लगानीको अवधारणा ल्याएको छ। आगामी निर्वाचनका लागि तयार पारिएको घोषणापत्रमा कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरण तथा किसानलाई कृषियन्त्र, मल, बीउ, प्रविधिको सहज उपलब्ध गराउने लक्ष्य लिएको छ।

National life

किसानले उत्पादन गरेका वस्तु खेर जान नदिन हरेक पालिकामा शीतभण्डार तथा कृषि उपज संकलन केन्द्र निर्माण गर्ने, सम्पूर्ण कृषिभूमिमा सुपरजोन, जोन, ब्लक र पकेटस्तरका आधुनिक फार्मको विकास गरी माटो अनुकूल बाली उत्पादनमा जोड दिँदै दुई वर्षभित्र मुलुकलाई आधारभूत खाद्यान्न, माछा, मासु, अण्डा र दूधमा आत्मनिर्भर बनाउने र पाँच वर्षभित्र खाद्यान्न निर्यात गर्ने अवस्थामा पुर्‍याइने विषयलाई प्राथमिकतामा राखिएको छ।

आधुनिक कृषि, संरक्षित कृषि बजार र सम्पन्न किसानको अवधारणा रहेको उक्त कार्ययोजनामा रासायनिक मलप्रतिको निर्भरता हटाउँदै प्राकृतिक–जैविक मल उत्पादनतर्फ किसानलाई आकर्षित गराउने र बर्सेनि हुने मलको अभावलाई अन्त्य गर्नका लागि मल कारखाना स्थापनामा गर्ने विषय समावेश छन्।

भूमि बाँझो राख्न नपाउने, बाँझो जमिनमा खेती गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान दिने, कृषियोग्य भूमिमा चक्लाबन्दी एवं गरा सुधार र सामूहिक एवं सहकारी खेतीमा जोड दिइएको छ। पार्टीका महासचिव डा बेदुराम भुसालका अनुसार युवा तथा महिला कृषकलाई आधारभूत आधुनिक कृषि शिक्षा, व्यावसायिक तालिम, सहुलियत सरल कर्जा प्रवाह व्यवस्था गर्ने, किसान र कृषि उद्यमीलाई कृषि बिमाका लागि आवश्यक रकम अनुदानमा दिने व्यवस्था छ।

रोजगारीका लागि विदेशिएका युवालाई कृषि पेशामा आकर्षित गर्न  १० लाखसम्म निर्ब्याजी ऋण दिने व्यवस्था गरिएको छ। ‘विदेशिएका युवालाई स्वदेश फर्काऊँ, कृषि उत्पादनमा वृद्धि गरौँ ’ अभियान नै सञ्चालन गर्ने, किसानले उत्पादन गर्ने प्रमुख खाद्य बालीमा न्यूनतम समर्थन मूल्य तोकेर त्यसभन्दा कम बजार मूल्य भएमा सरकारले नै खरिद गर्ने व्यवस्था मिलाउने घोषणापत्रमा उल्लेख छ।  

Shivam cement

प्रकाशित: Nov 01, 2022| 11:32 मंगलबार, कात्तिक १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...