हेटौंडा- मकवानपुरको हेटौंडाबाट ब्राउन सुगर सहित तीन जना पक्राउ परेका छन्। मकवानपुर प्रहरीले सवारी जाँच गर्ने क्रममा तीनजनालाई ब्राउन सुगर सहित पक्राउ गरेको हो।
प्रहरीले हेटौंडा-५ स्थित कान्तिलोकपथमा ना४८प ९००५ नम्बरको मोटरसाइकललाई रोकी जाँच गर्दा गर्दा १ ग्राम ४६० मिलि ग्राम खैरो हेरोइन र सानो डिजिटल तराजु १ थान सहित हेटौंडा-१४ मयुर धाप बस्ने २८ वर्षीय रोबिन श्रेष्ठ, हेटौंडा-११ थानाभर्याङ बस्ने २५ वर्षीय अनीश चौलागाईं र हेटौंडा-२ कान्तिराज पथ बस्ने २३ वर्षीय विकास कार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए।
उनीहरूको साथबाट १ ग्राम ४६० मिलिग्राम खैरो हिरोइन बरामद भएको डिएसपी कार्कीको भनाई छ। उनीहरूको विषयमा थप अनसन्धान जारी रहेको कार्कीले बताए।