काठमाडौं- नाबालिगलाई बलात्कार गरेको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुने भएको छ।
सन्दीपविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो। आजदेखि प्रतिवादीको बयान लिने काम सुरु हुने र त्यो सकिएलगत्तै थुनछेक बहस हुने काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ।
सम्भवतः बुधबार साँझसम्म अदालतको फैसला आउने काठमाडौं जिल्ला सरकारी वलिकको कार्यालयका न्यायाधिवक्ता लक्ष्मण उपाध्यायले बताए। प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले सन्दीपलाई १० देखि १२ वर्षसम्म कैद सजाय र पीडितलाई क्षतिपूर्ति माग दाबी गर्दै मुद्दा दायर गरेको छ।
गत भदौ ५ गते राति तिलगंगाको एक होटलमा लगेर सन्दीपले १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप छ। पीडितको पक्षबाट भदौ २१ गते गौशाला प्रहरीमा उजुरी परेको थियो।