काठमाडौं- ललितपुरको सुनाकोठीमा सोमबार राति सवा ७ बजेतिर एक पुरुषको हत्या भएको छ।
ललितपुर महानगरपालिका-२७ सुनाकोठीस्थित एक घरको डेरा गरी बस्दै आएका रामचन्द्र राईको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
ललितपुर प्रहरी परिसरका एसपी सुधिरराज शाहीका अनुसार अन्दाजी ३५-४० वर्षीय रामचन्द्रको हत्या आरोपमा सँगै डेरा गरी बस्दै आएका ४१ वर्षीय राजेन्द्र राई पक्राउ परेका छन्।
उनीहरू दुवै चिनजानकै मानिस भएको र सँगै बसेर मादक पदार्थ सेवनका क्रममा विवाद भएर झगडा हुँदा धारिलो हतियार प्रयोग भएको पाइएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमर्टम गर्न पाटन अस्पताल पठाएको छ।घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।