शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नारायणी नदीमा डुंगा पल्टिँदा तीन जनाको मृत्यु, दुई घाइते

नारायणी नदीमा डुंगा पल्टिँदा तीन जनाको मृत्यु, दुई घाइते

वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुंगा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
 |  मंगलबार, कात्तिक १५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १५, २०७९

कावासोती- पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ।

वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुंगा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना भएको पश्चिम नवलपरासी प्रहरी प्रमुख ऋषिराम कँडेलले जानकारी दिए।

उनका अनुसार डुंगा दुर्घटना हुँदा सुस्ता –४ का २२ वर्षीय गुड्डु हरिजन, सोही स्थानका १८ वर्षीय नीरज हरिजन र १८ वर्षीय रञ्जित गुप्ताको मृत्यु भएको हो।

डुंगामा सवार दुई जना नदीमा डुबेर घाइते भएका छन्। घाइते हुनेमा २२ वर्षीय किशोर हरिजन र सोहित सहानी छन्। उनीहरूलाई उपचारका लागि भैरहवा लगिएको छ। घटनाबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 01, 2022| 06:54 मंगलबार, कात्तिक १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।