काठमाडौं- देशभर आज मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज देशभरको मौसम सामान्यतः सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।
विभागका अनुसार आज राति देशका पहाडी भूभागहरूमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश-१, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।