काठमाडौं- मेगा बैंक नेपाल लिमिटेडले सुनसरी जिल्लाको गढी गाउँपालिकामा अत्याधुनिक शाखारहित बैंकिङ सेवा शुरु गरेको छ।
गढी गाउँपालिका-३ स्थित छिटाहामा गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादव र नेपाल कृषि कम्पनीका कार्यक्रम प्रबन्धक बिवेकानन्द झाले मेगा बैंकको शाखारहित बैंकिङ सेवाको संयुक्त रुपमा उद्घाटन गरे।
उद्घाटनमा गाउँपालिकाका अध्यक्ष यादवले अब आफ्नो गाउँपालिकाका जनतालाई मेगा बैंकको शाखारहित बैंकिङ्ग सेवामार्फत घरदैलोमा बचत गर्न सजिलो हुने भन्दै खुसी व्यक्त गरे।
नेपाल कृषि कम्पनीका कार्यक्रम प्रबन्धक झाले ग्रामीण तथा दुर्गम भेगहरुमा सेवा विस्तार गरेकोमा मेगा बैंकलाई धन्यवाद दिए।
मेगा बैकका बिराटनगर शाखा प्रबन्धक अभिषेक कार्कीले मेगा बैंकको सरल कर्जा लिएर ग्रामीण भेगका धेरै साना तथा मझौला ब्यवसायीहरु लाभान्वित भएको बताए।
उनले स-साना बचतका लागि टाढा बैंकमा गई लाइन बसेर जम्मा गर्न अप्ठेरो हुने भएकाले मेगा बैंकले शाखारहित सेवामार्फत नै अत्याधुनिक सेवा प्रदान गरिरहेको जानकारी पनि दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४