मंगलबार, वैशाख २५, २०८१

प्रज्ञाको डबलीमा संग्रौलाचर्चा

'तर मजस्ता धेरै काला कांग्रेसहरूले आजको दिनसम्म पनि संग्रौलालाई गुरु मान्छन्। उहाँले हामीलाई प्रश्न गर्न सिकाउनुभयो। समाजमा विभेद र असमानता छ कि बनाइएको हो भनेर सिकाउनुभयो।'
 |  आइतबार, कात्तिक १३, २०७९

राज सरगम

राज सरगम

आइतबार, कात्तिक १३, २०७९

काठमाडौं- आइतबार अपराह्न नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पहिला नै माइकमा बोल्न पुगे। तर वक्ता तथा अतिथि भएर होइन। उज्ज्वल प्रसाईंद्वारा लिखित खगेन्द्र संग्रौलाको जीवनी ‘एक बागी’को जीवनी लोकार्पण कार्यक्रमको सञ्चालक भएर पुगेका थिए थापा। 

triton college

मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावका कारण मतदाता समक्ष पुग्न भ्याइनभ्याइ छ नेताहरूलाई। तर काठमाडौं क्षेत्र नम्बर ४ मा गठबन्धन दलका साझा उम्मेदवारसमेत रहेका गगन थापा 'एक आम मानिस'को जीवनी विमोचन समारोहमा घण्टौंसम्म मञ्चमा धैर्यतासाथ बसे। 

कार्यक्रमको घुम्टो खोल्दै उनले भने, 'चुनावको बेला यहाँ उभिएको देखेर भोट माग्न आयो होला भन्ठान्नु भएको होला। भोट दिनुभयो भने नाइँ भन्दिनँ। तर भोट माग्दिनँ।' चुनावी माहोल तातिरहेका बेला पहिलोपटक पुस्तक लोकार्पण कार्यक्रमको सञ्चालक भएर देखा परेका थापाले एक बागीको बखान सुन्न आएको बताए। 

कार्यक्रममा उनले प्रशंसा गरेका पुस्तकका लेखक र पुस्तकनायक दुवै कांग्रेसी थिएनन्। रोचक त के भने, उक्त पुस्तकका प्रमुख पात्र खगेन्द्र संग्रौला गगन थापाका एक गुरु थिए। थापाले आफू कालो कांग्रेस भएको परिचय दिँदै वामपन्थी विचारधाराका संग्रौलाको जीवनी लोकार्पण कार्यक्रममा आउनुको कारण खोतल्दै विगत सम्झिए। 

‘२०४६ सालतिर कक्षा ९ मा पढ्दै थिएँ म। त्यही समयतिर पहिलोपटक संग्रौलालाई भेट्दा हामी कालो कांग्रेस, उहाँहरू रातो वाम। कालो कांग्रेसी र राता वामहरूलाई परिस्थितिले एकै ठाममा ल्यायो। सुरुमा हामीलाई राताहरूको नजिक जाँदा रङ सर्छ भन्ने लाग्थ्यो। वामहरूसँग ठिक्क ठिक्क बोल्नुपर्छ भनेर आँखा झिम्काउने गर्थे। संगत बाक्लिनु हुँदैन भनेर तर्किने दिन थियो,' विषयवस्तुलाई मोड्दै उनले थपे, 'तर मजस्ता धेरै काला कांग्रेसहरूले आजको दिनसम्म पनि संग्रौलालाई गुरु मान्छन्। उहाँले हामीलाई प्रश्न गर्न सिकाउनुभयो। समाजमा विभेद र असमानता छ कि बनाइएको हो भनेर सिकाउनुभयो। हामीलाई उहाँले चेला ठान्नुभयो कि भएन थाहा छैन। तर हामीले उहाँलाई गुरु मान्यौँ।’

corrent noodles
Metro Mart

एक क्रान्तिकारी र बागी लेखक तथा अभियन्ताको जीवनी समेटिएको पुस्तकको कार्यक्रममा सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका महामन्त्री पुगेर बोल्दा दर्शकलाई अनौठो पनि लागेको थियो होला। तर संग्रौला र थापाको सम्बन्ध नयाँ होइन। उनीहरुलाई आन्दोलनले जोडेको थियो।   

प्रकाशित: Oct 30, 2022| 20:25 आइतबार, कात्तिक १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।