शुक्रबार, जेठ २९, २०८३

तीन महिनामा भित्रिए ७०५ बिजुली कार

भन्सार विभागको तीन महिनाको तथ्यांकअनुसार १ सय किलोवाट क्षमताका मोटर भएका ६८६ वटा विद्युतीय कार आयात भएका छन्।
 |  आइतबार, कात्तिक १३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १३, २०७९

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७०५ बिजुली कार आयात भएका छन्। भन्सार विभागका अनुसार साउनदेखि असोजसम्ममा यी कार आयात भएका हुन्। 

National life

भन्सार विभागको तीन महिनाको तथ्यांकअनुसार १ सय किलोवाट क्षमताका मोटर भएका ६८६ वटा विद्युतीय कार आयात भएका छन्। त्यस्तै १ सयदेखि २ सय किलोवाट क्षमताका जम्मा १७ वटा र २ सयदेखि ३ सय किलोवाट क्षमताका मोटरवाला २ वटा विद्युतीय कार आयात भएका छन्। 

तीन महिनाको अवधिमा २ अर्ब ५० लाख ६५ हजार रुपैयाँ मूल्य बराबरका ७०५ वटा बिजुली कार आयात भएका हुन्। यसबाट सरकारले ६२ करोड २२ लाख रुपैयाँ राजस्व आम्दानी गरेको छ।

इन्धनबाट चल्ने निजी सवारी साधनको आयातमा प्रतिबन्ध गरेपनि सरकारले बिजुली गाडीको आयातलाई भने प्रोत्साहन गरेको छ। फलस्वरुप बिजुली गाडीको ग्राहकको आकर्षण बढ्दो रहेको हो। सरकारले विदेशी मुद्रा सञ्चितिमा दबाब परेको कारण देखाउँदै वैशाखदेखि निरन्तर नीति सवारी साधनको आयातमा रोक लगाएको छ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत १ सय किलोवाट मोटर क्षमताका बिजुली कारमा कर बढाएको थिएन। १ सय किलोवाटभन्दा बढी मोटर क्षमताका बिजुली गाडीमा कर बढाइएको थियो। 

Shivam cement

विद्युतीय कारको माग बढ्दै भएको र १ सय किलोवाट मोटर क्षमता भएका विद्युतीय कारमा करको दर कम भएकाले विभिन्न कम्पनीहरुले सोही क्षमताका विद्युतीय कार ल्याउने तयारी गरिरहेका छन्। हाल नेपालमा विद्युतीय कार उपलब्ध गराइ रहेका टाटा, हुन्डाई, निटा, किया, एमजी, टेस्लालगायत ब्रान्डका साथै अन्य नयाँ ब्रान्डका विद्युतीय कारसमेत नेपाल ल्याउने तयारी व्यवसायीहरुले गरेका छन्।

प्रकाशित: Oct 30, 2022| 17:20 आइतबार, कात्तिक १३, २०७९
प्रतिक्रिया दिनुहोस्