शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • १३ प्रतिशतले घट्यो व्यापार घाटा, ३६ प्रतिशत खस्कियो निर्यात

१३ प्रतिशतले घट्यो व्यापार घाटा, ३६ प्रतिशत खस्कियो निर्यात

चालु आर्थिक वर्षको तीन महिनामा १६.२० प्रतिशतले आयात घटेर ४ खर्बमा झरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ४ खर्ब ७८ अर्ब रुपैयाँ आयात भएको थियो।
 |  आइतबार, कात्तिक १३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १३, २०७९

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो तीन महिनामा देशको व्यापार घाटा १३.१३ प्रतिशतले घटेको छ। सरकारले आयात कम गर्ने भन्दै गाडीलगायतका विभिन्न वस्तुको आयात बन्द गरेका कारण व्यापार घाटा कम भएको हो। 

National life

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३ खर्ब ५९ अर्ब रुपैयाँ व्यापार घाटा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ४ खर्ब १३ अर्ब रुपैयाँ व्यापार घाटा भएको थियो। 

चालु आर्थिक वर्षको तीन महिनामा १६.२० प्रतिशतले आयात घटेर ४ खर्बमा झरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ४ खर्ब ७८ अर्ब रुपैयाँ आयात भएको थियो। 

त्यसैगरी निर्यात पनि करिब ३६ प्रतिशत (३५.७१%)ले घटेको भन्सार विभागले जनाएको छ। असोज मसान्तसम्ममा नेपालबाट ४१ अर्ब रुपैयाँको निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ६५ अर्ब रुपैयाँ बराबरको निर्यात भएको थियो। 

प्रकाशित: Oct 30, 2022| 16:52 आइतबार, कात्तिक १३, २०७९
प्रतिक्रिया दिनुहोस्