मंगलबार, वैशाख २९, २०८३

स्वास्थ्य राज्यमन्त्री केसी डिस्चार्ज

डेंगु संक्रमणपछि अस्पताल भर्ना भएका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी डिस्चार्ज भएका छन्। उनको वीर अस्पतालमा उपचार भइरहेको थियो।
 |  आइतबार, कात्तिक १३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १३, २०७९

National life

काठमाडौं- डेंगु संक्रमणपछि अस्पताल भर्ना भएका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी डिस्चार्ज भएका छन्। उनको वीर अस्पतालमा उपचार भइरहेको थियो।

कात्तिक २ गते उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका थिए। डेंगुले गलाएपछि उनलाई ३ गते वीर अस्पतालमा सारिएको थियो। 

राज्यमन्त्री केसीको अवस्थामा सुधार भएपछि आइतबार बिहान डिस्चार्ज गरिएको वीर अस्पतालका प्रमुख डा. भुपेन्द्रकुमार बस्नेतले बताए। अहिले केसीको अवस्थामा निकै सुधार भएको अस्पतालले जनाएको छ।

प्रकाशित: Oct 30, 2022| 11:39 आइतबार, कात्तिक १३, २०७९
प्रतिक्रिया दिनुहोस्