सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बुलिङटार बस दुर्घटना अपडेट : मृतक पाँचै जनासहित घाइतेहरूको सनाखत

बुलिङटार बस दुर्घटना अपडेट : मृतक पाँचै जनासहित घाइतेहरूको सनाखत

पाल्पाको रम्भा गाउँपालिका-१ हुँगीबाट मनकामना दर्शनको लागि जाँदै गरेको ना६ख ७५८० नम्बरको बस बुलिङटार गाउँपालिका-२ मथारमा आइतबार बिहान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो।
 |  आइतबार, कात्तिक १३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १३, २०७९

वुटवल- मनकामना मन्दिर दर्शनका लागि पाल्पाबाट हिँडेको बस नवलपरासी पूर्वको बुलिङटारमा दुर्घटना परी मृत्यु भएकाहरूको सनाखत भएको छ। 

National life

पाल्पाको रम्भा गाउँपालिका-१ हुँगीबाट मनकामना दर्शनको लागि जाँदै गरेको ना६ख ७५८० नम्बरको बस बुलिङटार गाउँपालिका-२ मथारमा आइतबार बिहान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो। 

बस दुर्घटनामा मृत्यु हुनेमा रम्भा-१ का ४१ वर्षीय तारा विक, १७ वर्षीय विनथ विक, ६२ वर्षीय धनी विक, ५८ वर्षीया देवी गाहा र गल्याङ नगरपालिका-९ बेलचौरकी ४५ वर्षीया जुलमाया माझी रहेको प्रहरीले जनाएको छ। 

घाइते हुनेमा रम्भा गाउँपालिका-१ बस्ने ४ वर्षीय अंकित सुनार, १० वर्षीय कृष्ण केवट, १८ वर्षीय प्रविन सुनार, २० वर्षीय राम विक, २१ वर्षीया रिता विक, २५ वर्षीय कासीराम विक, १ वर्षीया आइसा विक, १६ वर्षीय अविनास विक, १७ वर्षीय विशाल विक, ७ वर्षीया पुष्पा विक रहेका छन्।

यस्तै ४७ वर्षीय मेघनाथ विक, स्याङ्जा गल्याङ-९ का २५ वर्षीय दिल माया राना, सोही स्थानका ३ वर्षीय रविन राना, भैरहवा भीम अस्पतालमा कार्यरत ३२ वर्षीय सुमित्रा विक, रम्भा-१ भाले ढुङ्गाका १५ वर्षीया रिमा विक, रम्भा-१ की ३२ वर्षीया सनु सुनार, रम्भा-१ का ३८ वर्षीय प्रेम बहादुर सुनार घाइते भएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा २० वर्षीय आशिष सुनार, २० वर्षीय विजय विक, ३६ वर्षीया मायाँ विक, स्याङ्जा गल्याङ-८ का ३५ वर्षीय मनोज कुमार विक, सोही स्थानका ३० वर्षीया उमा कुमारी विक, गल्याङ-९ की ३० वर्षीय सरिता माझी, सोही स्थानका ३१ वर्षीय रामु राना, पाल्पा रम्भा-१ की १२ वर्षीया अस्मिता सुनार, ४७ वर्षीय ओमबहादुर विक, ४५ वर्षीया सेती विक र ४८ वर्षीया शिव कुमारी विक रहेका छन्।

चालक रामपुर ३ का दिल कुमार श्रेष्ठ, सहचालक रामपुर ५ बेझाँडका साजन श्रेष्ठ पनि घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल नारायणघाट पठाइएको छ। 

बस सडकबाट झण्डै सय मिटर तल खसेर दुर्घटना भएको हो। घटनास्थलमा अहिले प्रहरी र स्थानीयले उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।

प्रकाशित: Oct 30, 2022| 09:32 आइतबार, कात्तिक १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।