सोमबार, वैशाख २८, २०८३

थोकबजार केन्द्र खुलेपछि तानस‍ेनका कृषक उत्साही

तानसेन होलाङ्गदीमा थोक बजार संकलन तथा बिक्री केन्द्र सञ्चालन भएपछि भने यहाँका कृषक उत्साही भएका छन्।
 |  आइतबार, कात्तिक १३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १३, २०७९

पाल्पा- तानसेन नगरपालिका–१० तेल्घा सुनडाँडा गाउँमा तरकारी खेती गर्ने किसानका ५० घरपरिवार छन्। उनीहरूले दैनिक एक लाख बढीको तरकारी बिक्री गर्दै आएका छन्। 

National life

तरकारी बिक्री गर्ने मुख्य थलो बुटवल र तानसेन बजार हो। सिद्धार्थ राजमार्गको जरेपिपलमा व्यापारीहरू भेटिन्छन्। पाल्पामा थोक बजार केन्द्र नहुँदा यो गाउँका सबैले व्यापारीकै मूल्यमा तरकारी बिक्री गर्दै आएका छन्। 

तानसेन होलाङ्गदीमा थोक बजार संकलन तथा बिक्री केन्द्र सञ्चालन भएपछि भने यहाँका कृषक उत्साही भएका छन्। तेल्घाकी ४२ वर्षीया हेमा अस्लामी मगरले गाउँमा काउली, बन्दा, सिमी, टमाटर खेती गरेर जीविका चलाउँदै आएकी छन्।

गाउँमा थोक बजार नहुँदा व्यापारीकै मूल्यमा बिक्री गर्नुपरेको उनको भनाइ छ। ‘सिद्धार्थ राजमार्गमा भेटिएका व्यापारीलाई तोकेकै मूल्यमा बेच्नुपर्छ’, उनले भनिन्, ‘थोक बजार सञ्चालन भएपछि बजार मूल्य पाउने आश छ।’ 

दैनिक १० हजार मेट्रिक टन कृषि उपज बिक्री गर्ने लक्ष्यका साथ मिलनसार सामाजिक महिला उद्यमी सहकारी संस्थाले कृषि थोक बजार संकलन केन्द्रको निर्माण गरेको छ। यहाँ तरकारी, बाख्रा, गेडागुडी बिक्रीस्थल बनाइएको छ। कृषि उपज उत्पादनको ग्रेडिङ, प्याकेजिङ, तयारी र प्रोसेसिङ गरी बिक्री गर्ने व्यवस्था मिलाइएको छ। 

प्रकाशित: Oct 30, 2022| 09:43 आइतबार, कात्तिक १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।