सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गौरीगंगाको तीन पसलमा आगलागी हुँदा एक करोड बढीको क्षति

गौरीगंगाको तीन पसलमा आगलागी हुँदा एक करोड बढीको क्षति

आगलागीबाट चौमाला बजारका बिष्णुकुमार पाण्डेको लुम्बिनी होटलमा एक लाख ५० हजार, जयसिंह भण्डारीको किराना पसलमा १५ लाख, पारस सापकोटाको मोबाइल पसलमा १० लाख मूल्य बराबरको सामान जलेर नष्ट भएका छन्।
 |  आइतबार, कात्तिक १३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १३, २०७९

कैलाली- जिल्लाको गौरीगङ्गा नगरपालिका–१ चौमाला बजारका तीन पसलमा गए राति आगलागी हुँदा झण्डै एक करोड बढीको मालसामान जलेर नष्ट भएको छ।

National life

आगलागीबाट चौमाला बजारका बिष्णुकुमार पाण्डेको लुम्बिनी होटलमा एक लाख ५० हजार, जयसिंह भण्डारीको किराना पसलमा १५ लाख, पारस सापकोटाको मोबाइल पसलमा १० लाख मूल्य बराबरको सामान जलेर नष्ट भएका छन्। 

यस्तै हिमाल पुनमगरको मोबाइल पसलमा रु १२ लाख, छविलाल खनालको हार्डवेयर पसलमा ४५ लाख र टङ्कप्रसाद आचार्यको सुज सेन्टरमा ३० लाख मूल्य बराबरका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए।

हिमाल पुनमगरको मोबाइल ग्यालरी पसलमा साँझको समयमा अचानक विद्युत्को लाइन चुहावट भई लागेको आगो नजिकै रहेका अन्य पसलमा सल्केको थियो।

आगलागीको घटनालगत्तै घटनास्थल पुगेको वनवेहँडास्थित सशस्त्र प्रहरीको रिजर्ब गण, नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा घोडाघोडी र गोदावरी नगरपालिकाको दमकलका सहायतामा झण्डै एक घण्टापछि आगो निभाइएको थियो। 

प्रकाशित: Oct 30, 2022| 09:04 आइतबार, कात्तिक १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।