सोमबार, साउन ११, २०८३

निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

राजविराजमा शनिबार राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मिहिर ठाकुरसँगको छलफलमा अगुवाले मतदाता शिक्षामा जोड दिन निर्वाचन आयोगलाई सुझाव समेत दिए।
 |  आइतबार, कात्तिक १३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १३, २०७९

सप्तरी- निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्ने नागरिक समाजका अगुवाले जोड दिएका छन्। राजविराजमा शनिबार  राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मिहिर ठाकुरसँगको छलफलमा अगुवाले मतदाता शिक्षामा जोड दिन निर्वाचन आयोगलाई सुझाव समेत दिए। 

मतदाता शिक्षाबारे  ध्यान नपुग्दा मत बदर हुने अनुपात बढ्ने र आचारसंहिता उल्लङ्घनले निर्वाचनको निष्पक्षतामा प्रश्नचिह्न उठ्नेतर्फ ध्यान दिन सहभागीले आग्रह समेत गरे। ‘निर्वाचन निष्पक्ष र लोकतान्त्रिक हुनका लागि मतदाताले आफ्नो अधिकार र जिम्मेवारी बुझ्नसक्ने हुनुपर्छ।’ उनीहरुको भनाइ थियो। 

आचारसंहिता पालनामा राजनीतिक दल र उम्मेदवार प्रतिबद्ध हुनुपर्ने जनाउँदै नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले निर्वाचन आयोगले चुनाव अवधिभर कानुन र आचारसंहिता पालना गराउन दृढ हुनुपर्ने माग गरे। 

प्रकाशित: Oct 30, 2022| 08:35 आइतबार, कात्तिक १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।