सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मनकामना जाँदै गरेको बस दुर्घटना : पाँच जनाको मृत्यु, २३ घाइते

मनकामना जाँदै गरेको बस दुर्घटना : पाँच जनाको मृत्यु, २३ घाइते

पाल्पाको रम्भा गाउँपालिका-१ हुँगीबाट मनकामना दर्शनको लागि जाँदै गरेको बस नवलपरासी पूर्व बुलिङटारमा आइतबार बिहान दुर्घटनाग्रस्त भएको छ।
 |  आइतबार, कात्तिक १३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १३, २०७९

बुटवल- पाल्पाको रम्भा गाउँपालिका-१ हुँगीबाट मनकामना दर्शनको लागि जाँदै गरेको बस नवलपरासी पूर्व बुलिङटारमा आइतबार बिहान दुर्घटनाग्रस्त भएको छ।

National life

बिहान ना६ख ७५८० नम्बरको बस बुलिङटार गाउँपालिका-२ मथारमा दुर्घटना हुँदा कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने २३ जना घाइतेको उद्धार गरिएको छ।

प्रहरी चौकी बुलिङका प्रहरी अनुसार पाँच जनाको शव भेटिएको र अन्यको खोजी कार्य भइरहेको छ। रम्भा १ च्याङलिङ, नौगाउँ, गैरी र साठी क्षेत्रबाट २ बस यात्रु मनकामना दर्शनका लागि जाँदै गरेको अवस्थामा बस दुर्घटनामा परेको हो। बस सडकबाट झण्डै सय मिटर तल खसेको छ।

बसमा रम्भा १ हुँगी अन्तर्गत बिसौना, च्याङलिङ र गैरी क्षेत्रका दर्शनार्थी रहेका थिए। घटनास्थलमा अहिले प्रहरीले घाइतेको उद्धार गरिरहेको छ। बसमा २८/२९ जना यात्रु रहेको बताइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित: Oct 30, 2022| 07:23 आइतबार, कात्तिक १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।