आइतबार, जेठ २५, २०८२

आजको राशिफल [२०७९ कात्तिक १३]

आज २०७९ कात्तिक १३ गते तदनुसार ३० अक्टुबर २०२२ आइतबार। कार्तिक शुक्ल पञ्चमी पञ्चाङ्ग: सुकर्मा कौलव मूल, छठपर्व व्रत।
 |  आइतबार, कात्तिक १३, २०७९
nespernesper

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

आइतबार, कात्तिक १३, २०७९

vianetvianet

आज २०७९ कात्तिक १३ गते तदनुसार ३० अक्टुबर २०२२ आइतबार। कार्तिक शुक्ल पञ्चमी पञ्चाङ्ग: सुकर्मा कौलव मूल, छठपर्व व्रत।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

लामो समयदेखि गर्छुगर्छु भनेर अड्किएका कुनै पनि काम छन् भने सहयोगी र जुनियर स्टाफको सहयोग लिएर फेरि ती काम थाल्नुहोस्, पूर्ण हुनेछन्। कार्यक्षेत्रको व्यस्तताले आपसी समन्वयमा कमी देखिने छ, भेट हुनसक्दैन भने कुराकानी गर्ने प्रयास गर्नुहोला। आफ्ना उद्देश्य परिपूर्तिका लागि धनखर्च गर्न मन हौसिने दिन हो। मनपर्ने वस्त्रालंकार, उपकरण र सांसारिक सुखसुविधाको सौख जाग्नेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

मन भारी र तन उदास हुने समय हो, आर्थिक सङ्कट निवारण गर्न सञ्चित पुँजी र आफ्नो हैसियत सम्झिएर अघि बढ्नु ठीक हुन्छ।  मनमा उदासीपन र तनमा शिथिलता भरिएको कमजोर समय छ। चिन्ता र शङ्कामा रुमल्लिनु भन्दा विश्वस्त व्यक्तिसामु मनको कुरा राख्नसके बोझ हट्नेछ। किताब, प्राक्टीकल र ल्यापटपमा मात्र घोरिएर दिमाग भारी हुने समय छ, एकाग्रताका लागि ध्यान, मेडिटेशन र योग गर्नु राम्रो हुन्छ। 

National life insurance

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आजको दिन अवसरहरूले भरिएको राम्रो समय छ। आत्मीय मित्र वा विपरीतलिङ्गी सहकर्मीको साथ मिल्नाले सानो प्रयासले तपाईंको कीर्ति र प्रतिष्ठामा बृद्धि हुनसक्छ। आफ्नो काममा मात्र एकोहोरिएर लागिपर्नु भन्दा पनि जीवनसाथी वा परिवारका सदस्यहरूको इच्छा बुझेर काम गर्ने दिन हो। घरपरिवारको आँखा छलेर पार्टनरलाई समय छुट्याउन अप्ठ्यारो पर्नसक्छ, तर कसोकसो भेटघाट, मनोरञ्जन र घुमघामको मेसो मिल्ने दिन छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

भोगविलासका सरसामाग्रीको जोहो गर्ने इच्छा जाग्नेछ, त्यस्तै आज मनोरञ्जनात्मक र उच्छृङ्खल क्रियाकलापमा नजानिंदो आकर्षण बढ्ने दिन हो। स्वास्थ्यक्षेत्र, काठपात, ढुंगागिट्टी, मिलमेसिनरी र ढुवानीसम्बद्ध कारोबारीले आयस्रोत बढाउन सक्नुहुन्छ, तर कार्यक्षेत्रमा विभिन्न चुनौती र सङ्घर्ष झेल्नुपर्ने हुन्छ। दैनिक काम सजिलै सम्पन्न हुने दिन छ। कुरा काट्नेहरू आफै चुप लाग्नेछन्। उत्साहमा पनि बृद्धि हुनेछ, तर झगडा र कलहबाट टाढिएको जाती हुन्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आन्तरिक प्रतिभाको प्रस्फूटन हुने राम्रो दिन छ, कला र साहित्यप्रति झुकाव छ भने फुरेको विषयवस्तु टिपोट गर्नुहोला। बुद्धि खियाएर गरिने कामका माध्यमबाट अथवा छोराछोरी वा अनुयायीका तर्फबाट शुभताको सङ्केत छ, कुनै जमघट वा समारोहमा सहभागी बन्न सकिन्छ। व्यक्तित्व विकास र उज्ज्वल भविष्यको कामना राखी काम गर्ने समय हो, प्रयास गरेमा इनसर्भिस अध्ययन वा तालिमको अवसर प्राप्त हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 

मेसो नमिल्नाले काममा ढिलासुस्ती हुनेछ। कार्यस्थलमा पनि असाध्यै दौडधुप गर्नुपर्ने हुन्छ। सानो लापरवाहीले ठूलो नोक्सानी हुनसक्छ, अतः महँगा चिजबीजको प्रयोग गर्दा सावधान हुनुपर्छ। सहयोगी स्टाफ वा जुनियर कर्मचारीका कुरा सुन्नु होला, नत्र कार्य सम्पादनमा असहजता आउने छ, त्यस्तै घरपरिवारमा पनि अर्काको भावना बुझ्ने कोसिस गर्नुपर्छ। सँगीसाथी र विश्वासपात्रले नै निचो देखाउने र गोपनीयता भङ्ग गर्ने प्रयास गर्नेछन्। व्यक्तिगत जीवनका बारेमा बढी खुलस्त हुनु राम्रो मानिंदैन।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

साझेदार र सहकर्मीको सुझाव लाभदायी ठहरिने छ। कामधन्दा छोडेर सामाजिक क्रियाकलापमा सक्रिय भइने छ, तथापि चुस्तदुरुस्त व्यवस्थापनका कारण बेफाइदा हुनेछैन। मान्यजनसँग निकटता बढ्ने वा उहाँहरूलाई आदरभाउ गर्नुपर्ने दिन हो। दाजुभाइ वा माइतीपक्षसँग समेत सम्पर्क गरी भलाकुसारी गर्नु ठीक हुन्छ। गरेको मिहिनेतको राम्रो नतिजा प्राप्त हुनेछ। साथीभाइ र अभिभावकका बीचमा आत्मसम्मान झल्किने अवसर प्राप्त हुनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

बोली र व्यवहारले धेरैलाई आकर्षित तुल्याउने समय हो। दोहोर्याएर काम गर्नु परे पनि नतिजा लाभदायक नै रहनेछ। एक्लै हुनुहुन्छ भने अब निराश हुनुपर्दैन, आज त्यस्तो व्यक्तिसँग चिनजान हुनेछ, जसले तपाईंको मनभित्रको उजाड फूलबारीलाई रङ्गीन बनाउन सक्छ। बोलीमा सामथ्र्य भएको दिन हो। कलात्मक कुरा गरेर कुनै काम बनाउन सक्नुहुन्छ। आँखाको सङ्केत र हाउभाउद्वारा पनि व्यवहार गर्ने परिस्थिति बन्नसक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भ) 

आफ्नो इच्छानुरूप कार्य गर्न पाउँदा मन प्रसन्न रहनेछ। घरायसी र व्यवहारिक काममा खट्दासमेत फुर्ती जाग्न गई तन पनि स्वस्थ रहनेछ। साथीभाइ, संघसङ्गठन, राजनैतिक क्षेत्र वा प्रशासनिक कामकाजमा झुकाव बढ्ने वा सहभागी बन्नुपर्ने समय हो। बाहिर अलमलिनाले कार्यक्षेत्रमा असर पर्नसक्छ। कार्यस्थल र घरपरिवारमा खुसी र उमङ्गको वातारवरण रहेको छ। आर्थिक मन्दी चल्दैछ भने नयाँ रणनीति कार्यान्वयन गर्नुहोस्, सफलता पाउन सक्नुहुन्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 

परिस्थितिलाई बुझेर चल्न जान्नुपर्छ, किनकि सोचेभन्दा बढी खर्च हुनाले बजेट सन्तुलनमा नरहन सक्छ, आपसी सम्बन्धमा पनि मनोमालिन्य बढ्ने दिन हो। मनको हठ र कुण्ठामा भुलिने समय छ, तर पढाइ छाडेर अन्त भुलिनु भविष्य बिगार्ने कुरा हो भन्ने हेक्का राख्नुपर्छ। सबै कुरा ठीकठाक देखिए पनि भावनात्मक ढंगले कमजोरीको आभास हुनेछ। हेर्दा बाहिरबाट सामान्य झैं देखिनु हुनेछ, तर भित्रबाट मँडारिएको भावनाको बेगलाई कसैले पनि बुझ्न सक्दैनन्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आर्थिक एवं व्यवहारिक दुवै पक्ष बलियो छ, व्यक्तिगत प्रतिष्ठाका लागि अझ धेरै खट्ने समय हो। पारिवारिक उन्नतिका लागि कुनै नवीन कार्यको शुभारम्भ हुनेछ। बौद्धिक र ज्ञानमूलक क्षेत्रमा थप मिहिनेत गर्ने दिन हो, सहयोगी र मित्रवर्गको साथ जुटाउन सके महत्त्वपूर्ण उपलब्धि लिन सकिने छ। कार्यक्षेत्र वा व्यवसाय दुबै पक्षमा सबल भइने छ, कुनै कुराले चिन्तित तुल्याएको छ भने त्यसलाई सेयर गरेमा समाधानको बाटो पहिल्याउन सकिन्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सकेसम्म आफ्नो कुरा एवं विचारलाई तर्कसङ्गत रूपले राख्न सकेमा पार्टनरले तपाईंको मनोभाव र विचारको कदर गर्नेछन्। बौद्धिक क्रियालाप र आध्यात्मिक पक्षमा आकर्षण देखापर्नसक्छ। प्राविधिक विषयवस्तु र आधुनिकतम ज्ञानका क्षेत्रमा सक्रियता जनाउने समय छ। लेखन र प्रकाशनको काम, परामर्श सेवा, लेखा सेवा, कन्सल्टेन्सी, वकालत, शेयर मार्केट, कम्प्यूटरसम्बद्ध काम वा वाणीप्रधान कामबाट फाइदा लिने दिन हो।

(जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आएका प्रसिद्ध ज्योतिष  गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नुहुनेछ।)

प्रकाशित: Oct 30, 2022| 07:20 आइतबार, कात्तिक १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।