मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • दक्षिण कोरियामा ‘हलोइन पार्टी’मा भागदौड, १४९ जनाको मृत्यु

दक्षिण कोरियामा ‘हलोइन पार्टी’मा भागदौड, १४९ जनाको मृत्यु

दक्षिण कोरियाको एक हलोइन समारोहमा भागदौड मच्चिँदा कम्तिमा १४९ जनाको मृत्यु भएको छ।
 |  आइतबार, कात्तिक १३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १३, २०७९

काठमाडौं- दक्षिण कोरियाको एक हलोइन समारोहमा भागदौड मच्चिँदा कम्तिमा १४९ जनाको मृत्यु भएको छ। राजधानी सिओलको इतेओन इलाकामा भएको घटनामा १४९ जनाको ज्यान जानुका साथै ७६ जना घाइते भएका छन्। 

सिओलको लोकप्रिय रात्रिकालीन क्षेत्र इतेओलमा हलोइन मनाउनका लागि जम्मा भएको भीडमा भागदौड मच्चिएको बीबीसीले जनाएको छ। उक्त कार्यक्रममा विदेशी पर्यटकको पनि उल्लेख्य सहभागिता रहेको सञ्चारमाध्यमहरूमा उल्लेख छ।

दक्षिण कोरियाको अग्नि सेवाका अनुसार उक्त घटनामा ज्यान गुमाउनेमा अधिकांश किशोर किशोरी रहेका छन्। 

घटनालगत्तै राष्ट्रपति युन सुक योलले विस्तृत अनुसन्धानका लागि निर्देशन दिएका छन्। उक्त क्षेत्रमा उद्धार टोली खटिएको छ।

प्रकाशित: Oct 30, 2022| 06:57 आइतबार, कात्तिक १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।