सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन गर्ने राष्ट्र बनाउने कांग्रेसको प्रतिबद्धता

सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन गर्ने राष्ट्र बनाउने कांग्रेसको प्रतिबद्धता

नेपाली कांग्रेसले नेपाललाई सन् २०४५ मा शून्य कार्बन उत्सर्जन राष्ट्र बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज सार्वजनिक गरेको पार्टीको सङ्कल्पपत्रमा उक्त प्रतिबद्धताका लागि विभिन्न सिद्धान्त र नीति अवलम्बन गर्ने जनाएको छ।
 |  शनिबार, कात्तिक १२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १२, २०७९

काठमाडौं- नेपाली कांग्रेसले नेपाललाई सन् २०४५ मा शून्य कार्बन उत्सर्जन राष्ट्र बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज सार्वजनिक गरेको पार्टीको सङ्कल्पपत्रमा उक्त प्रतिबद्धताका लागि विभिन्न सिद्धान्त र नीति अवलम्बन गर्ने जनाएको छ।

National life

कांग्रेसले शून्य कार्बन उत्सर्जनका लागि हरित तथा उत्पादनशील प्रकृतिको आर्थिक विकास, वन क्षेत्रको संरक्षण, कार्बन क्रेडिटबाट आर्थिक उपार्जन, पर्यापर्यटन, अग्र्यानिक कृषि प्रणाली र खाद्य सुरक्षा, वनमा आधारित उद्योग व्यवसाय र जैविक विविधताको संरक्षणमा जोड दिने उल्लेख गरेको छ।

यसैगरी स्वच्छ ऊर्जा प्रवद्र्धन, वातावरणीय सुरक्षा उपार्जनको अवलम्बन र प्रत्याभूतिमा आधारित प्रभाव अध्ययन गरेर मात्र भौतिक पूर्वाधार विकास तथा जलवायुजन्य जोखिमबाट भएको हानी नोक्सानीको आकलन गर्ने क्षमताको विकास गर्ने सङ्कल्पपत्रमा उल्लेख छ।

प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा उक्त सङ्कल्पपत्र सार्वजनिक गर्नुभएको हो। नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावारणमा बाँच्न पाउने अधिकार सुनिश्चित गरे पनि जलवायु परिवर्तनले नयाँ जोखिम सिर्जना गरेको छ। जलवायु अनुकूलन र कार्बन सूचीकरणका नीति र कार्यक्रमलाई अब सबै तह र सरोकारवालाबीच समन्वय गर्दै मूल प्रवाहीकरण गर्नुपर्ने सङ्कल्पपत्रमा उल्लेख छ।

जलवायु परिवर्तनका जोखिमबाट जीवन सुरक्षाका लागि पूर्वसूचना प्रणाली, भूगोलअनुसार जलवायु अनुसन्धान केन्द्रको स्थापना, ग्रामीण क्षेत्रमा स्थानीय समुदायको इकोसिस्टममा आधारित अनुकूलन क्षमताको विकास तथा वातावरणीय सेवाको भुक्तानी गर्ने संयन्त्रजस्ता विषयमा थप पहल लिइने सङ्कल्पपत्रमा जनाइएको छ।

हरित अर्थतन्त्रको सिद्धान्तअनुसार कृषि र वन पैदावारमा आधारित उद्योग व्यवसाय सञ्चालन गर्न चाहने नीजि क्षेत्रलाई नीतिगत प्रश्रय दिने गरी कार्यक्रम सञ्चालन गर्ने कांग्रेसको सङ्कल्प छ। जलवायु अनुकूल उत्पादनको स्रोत तथा गन्तव्यका रूपमा परिचित हुन ऊर्जाका सबै माग जलविद्युत् तथा स्वच्छ ऊर्जाका अन्य स्रोतको परिचालनबाट पूर्ति गर्ने कांग्रेसको नीति छ।

नदीको उपयोग र संरक्षण, ताल–तलैयाको संरक्षण, वन सम्पदालगायत जैविक विविधताको विवेकपूर्ण उपयोग गर्ने कांग्रेसको योजना छ। त्यस्तै कांग्रेसले जडीबुटीको राष्ट्रिय सम्पदा औषधि विज्ञान, आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिको अध्ययन, अनुसन्धान र प्रयोगलाई राष्ट्रिय पहिचानको माध्यम बनाउने सङ्कल्प गरेको छ।

नेपालको आर्थिक–सामाजिक उन्नतिलाई चिरस्थायी बनाउन विपद् व्यवस्थापनको अहम् भूमिका रहेको उल्लेख गर्दै कांग्रेसले पूर्वसूचना प्रणाली र रियल–टाइम बाढी अनुगमनदेखि ड्रोन प्रविधिमार्फत विपद् व्यवस्थापनलाई विकासको मूलधारमा ल्याउनुपर्ने कांग्रेसले जनाएको छ। विपद्पश्चातको पुनःनिर्माणबारेका नयाँ नीति र सिद्धान्त, आपत्कालीन सूचना पद्धति र विकास साझेदार तथा छिमेकी राष्ट्रका सम्बन्धित निकायसँगको समन्वय आदिबारे कांग्रेसले विस्तृत कार्ययोजना बनाइने जनाएको छ।

प्रकाशित: Oct 29, 2022| 19:55 शनिबार, कात्तिक १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।