आइतबार, साउन १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंको जर्मन दूतावास परिसरमा दुईदिने नेपाल-जर्मन मेला

काठमाडौंको जर्मन दूतावास परिसरमा दुईदिने नेपाल-जर्मन मेला

ज्ञानेश्वर स्थित जर्मनी दूतावासमा नेपाल-जर्मन मार्ट-२२ मेला शुरु भएको छ। मेलाको उद्घाटन गर्दै जर्मन राजदूत डा.‍ थोमस प्रिन्जले भने, ‘कोभिडको कारणले २ वर्षदेखि अवरुद्ध भएको द्विपक्षीय व्यापारमा सकारात्मक विकासलाई निरन्तरता दिने हाम्रो उद्देश्य रहेको छ।’
 |  शनिबार, कात्तिक १२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १२, २०७९

काठमाडौं-  ज्ञानेश्वर स्थित जर्मनी दूतावासमा नेपाल-जर्मन मार्ट-२२ मेला शुरु भएको छ। मेलाको उद्घाटन गर्दै जर्मन राजदूत डा.‍ थोमस प्रिन्जले भने, ‘कोभिडको कारणले २ वर्षदेखि अवरुद्ध भएको द्विपक्षीय व्यापारमा सकारात्मक विकासलाई निरन्तरता दिने हाम्रो उद्देश्य रहेको छ।’ 

यस मेलाको मुख्य उद्देश्य नेपाल र जर्मनीबीचको व्यापार प्रवर्द्धन नै रहेको पनि उनले स्पष्ट पारे। यस मेलामा नेपाल र जर्मनीका उत्पादनहरूका साथै खाना र संस्कृतिको प्रदर्शन पनि गरिएको पनि दूतावासले जनाएको छ।  

नेपाल जर्मन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनजीसीसीआई)ले जर्मन दूतावास काठमाडौँको सहकार्यमा प्रदर्शनी आयोजना गरेको हो। प्रदर्शनीमा नेपाल र जर्मनीका ४० कम्पनीको सहभागिता रहेको छ।

प्रदर्शनीमा जलविद्युत, अटोमोबाइल र पर्यटन क्षेत्रका कम्पनीका स्टलहरु छन्। साथै गलैंचा, फेल्ट, हस्तकला आदिका स्टलहरु पनि छन्। नेपाली तथा जर्मन खाद्य तथा पेय पदार्थका स्टलहरुले खानाको प्रकार देखाइरहेको छ।

आइतबार अर्थात भोलिसम्म रहने मेलामा सांस्कृतिक नृत्य कार्यक्रम पनि रहेको थियो। प्रदर्शनीको लक्ष्य नेपाल र जर्मनीबीच सहकार्यको निम्ति आधार निर्माण गरी द्विपक्षीय आर्थिक सम्बन्धमा योगदान पुर्याउने रहेको छ। 

प्रदर्शनी भौतिक रुपमा जर्मन दूतावासमा कार्तिक १२ आजदेखि सुरु भएकाे मेला कार्तिक १३ भोलिसम्म हुने भनिएको छ। यो मेलालाई उक्त वेवसाइट www.nepal-germanmart22.com मा कार्तिक १२ देखि कार्तिक १८सम्म भर्चुअल रुप अवलोकन गर्न सकिन्छ। यस मेलामा करिब ८ सय जना प्रत्यक्ष र भर्चुअल प्रदर्शनीमा सातहजार भन्दा बढीले भागलिने अपेक्षा दूतावासको छ।

प्रकाशित: Oct 29, 2022| 16:37 शनिबार, कात्तिक १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।