सोमबार, वैशाख २८, २०८३

छठमा बागेश्वरी मन्दिरको तलाउ सजाइँदै

छठको रौनक बढेसँगै आज बागेश्वरी मन्दिर आसपास र तलाउको सजावट गरी झकिझकाउ बनाउने कार्य भइरहेको छठ पूजा समितिका संयोजक जितेन्द्रकुमार सिंहले बताए। भोलि छठ पर्वको मुख्य दिन हो।
 |  शनिबार, कात्तिक १२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १२, २०७९

नेपालगञ्ज- नेपालगञ्जको बागेश्वरी मन्दिर परिसरमा प्रत्येक वर्ष छठ पूजा गर्नेहरुको संख्या बढ्दै गएको छ। छठको रौनक बढेसँगै आज बागेश्वरी मन्दिर आसपास र तलाउको सजावट गरी झकिझकाउ बनाउने कार्य भइरहेको छठ पूजा समितिका संयोजक जितेन्द्रकुमार सिंहले बताए। भोलि छठ पर्वको मुख्य दिन हो। व्रतालुहरुले भोलि आइतबार अस्ताउँदो सूर्य र सोमबार उदाउँदो सूर्यलाई अर्घ दिनेछन्।

National life

सिंहका अनुसार हाल तलाउ छेउमा टेण्ट, बिजुली बत्तीको सजावट, बाजागाजा, सांस्कृतिक भजन मञ्चको व्यवस्थापन र  सरसफाइको काम बिहानैदेखि सुरु भइसकेको छ। 

बागेश्वरी मन्दिर पार्कमा भजनसहितको सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ। भारतको कलकत्ताबाट आएका गायिका दीपिका ओझा र गायक विशाल ओझासहित नौ जनाको समूहले राति छठीमाताको भजन गीतसङ्गीतको कार्यक्रम गर्ने संयोजक सिंहले बताउनुभयो। सांस्कृतिक कार्यक्रम आइतबार साँझदेखि सोमबार बिहानसम्म हुनेछ। 

पहिले पूर्वी तराईका बासिन्दाले धुमधामले मनाउने छठको रौनक पश्चिममा पनि बढेको साहित्यकार तथा पूर्वप्राज्ञ सनत रेग्मी बताउछन्। 

नेपालगञ्जको रानीतलाउका साथै अन्य तालमा पनि छठको रौनक बढेको छ। चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन व्रतालुले नुहाएर चोखो एवम् अरवा अरवाइन खाने चलन छ भने दोस्रो दिन प्रसादको रुपमा खीर ग्रहण गरी खरना गर्ने चलन छ। साथै, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सकिन्छ।

प्रकाशित: Oct 29, 2022| 14:53 शनिबार, कात्तिक १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।