आइतबार, असार ७, २०८३

नेपाल–युरोपेली युनियन चलचित्र महोत्सव सुरु

महोत्सवमा १३ युरोपेली र ३ नेपाली चलचित्र प्रदर्शन हुनेछन्।
 |  शनिबार, कात्तिक १२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १२, २०७९

काठमाडौं– नेपाल युरोपेली युनियन चलचित्र महोत्सवको ११औं संस्करणको शुक्रबार औपचारिक उद्घाटन भएको छ।

National life

युरोपियन युनियनकी राजदूत नोना डेप्रेजले शुक्रबार चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा महोत्सव उद्घाटन गरेकी थिइन्।

कार्यक्रममा उनले कला प्रदर्शनीसँगै संस्कृति आदान–प्रदानका लागि महोत्सव उपयुक्त माध्यम भएको बताइन्।  महोत्सवमा देखाइने फिल्मले युरोपलाई बुझ्ने अवसर दिलाउने उनको भनाइ छ। उनले यो पटकको महोत्सव हाइब्रिड मोडलमा सञ्चालन हुने जानकारी गराउँदै दर्शकले बोर्डको हलमा र अनलाइनबाट पनि हेर्न सक्ने बताइन्। 

राजदूत नोनाले महोत्सव पहिलोपल्ट काठमाडौं बाहिर सुर्खेतमा पनि गर्न लागिएको जानकारी दिइन्। 

महोत्सवको सद्भावना दूत रहेकी अभिनेत्री केकी अधिकारीले दसैं र तिहार सकिएपछि फिल्म महोत्सवको रुपमा सिर्जनाको पर्व सुरु भएको धारणा राखिन्। केकीले युरोपियन फिल्म महोत्सवले फिल्मकर्मीमा शिल्प निर्माणको अवसरका साथै दर्शकमा सिनेमा साक्षरता वृद्धि गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन्। 

Shivam cement

शुक्रबार उद्घाटनसँगै १ घन्टा समयावधिको रीता हुतानेन निर्देशित ‘गड्स् अफ मोलेन्बेक’ शीर्षकको फिल्म देखाइएको थियो। डकुमेन्ट्री श्रेणीको फिल्ममा ब्रसेल्सको मोलेनबिक क्षेत्रमा हुर्किरहेका बच्चाहरूको आँखाबाट त्यो क्षेत्रमा बसोबास गरिरहेका मुसलमान समुदायको संकटलाई देखाइएको थियो। ब्रसेल्सको सो ठाउँलाई जिहादी उत्पादन गर्ने कारखानाको रुपमा लिने गरिएको कथा फिल्मले प्रस्तुत गरेको छ। 

शनिबारबाट मंगलबारसम्म नियमित चल्ने महोत्सवमा शनिबार लघु र फिचर गरी ४ फिल्म देखाइँदै छ भने शनिबार नै अर्काइभमाथि कसरी काम गर्न सकिन्छ भन्ने विषयमा गाइबोर्ली र उलासा गुरुङबीच छलफल चल्नेछ।

आइतबार पनि चार फिल्मसँगै वातावरण संरक्षणमा फिल्मको भूमिकाको विषयमा ह्युगो मेज र रोशनी अधिकारीबीच छलफल हुनेछ। 

महोत्सवमा १३  युरोपेली  र ३ नेपाली चलचित्र प्रदर्शन हुनेछन्। सुर्खेतमा हुने महोत्सव १९ देखि २२ कात्तिकसम्म मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजना गरिनेछ। सुर्खेतमा ५ युरोपियन तथा ३ नेपाली चलचित्र प्रदर्शित गरिनेछ। 

महोत्सवअन्तर्गत चलचित्र र चलचित्र निर्माणका विभिन्न पक्षसँग सम्बन्धित तीन  पूरक क्रियाकलापको पनि आयोजना हुनेछ। 

दोस्रो पूरक कार्यक्रम ‘चलचित्रहरूले वातावरण संरक्षणमा कस्तो योगदान गर्न सक्छन्’ भन्ने विषयको अन्तक्र्रियामा ह्युगो मेज र रोशनी अधिकारी सहभागी हुनेछन् । 

तेस्रो पूरक कार्यक्रम थेरेसा होफेर्ट दे तुरेगानो र अनुप पौडेलले नोभेम्बर १ अर्थात् १५ कात्तिक अपराह्न २ः०० बजे सञ्चालन हुनेछ।  यो कार्यक्रम युरोपमा फिल्म निर्माणको अवस्था र युरोपेली र नेपाली चलचित्र क्षेत्रमा काम गर्ने व्यक्तिबीच सहयोग र  सहकार्यसम्बन्धी हुनेछ। 

सुर्खेतमा चलचित्रकर्मी सुजित बिडारीले २२ कात्तिकमा कर्णाली प्रदेशका चलचित्रका विद्यार्थी तथा चलचित्रकर्मीलाई लागि मास्टर क्लास दिनेछन्। 

प्रकाशित: Oct 29, 2022| 13:36 शनिबार, कात्तिक १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।