शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

प्रेम आलेलाई कांग्रेसको भर, कांग्रेसकै डर

सत्ता समीकरणका कारण कांग्रेस बलियो हुँदाहुँदै पनि एकीकृत समाजवादीका प्रभावशाली नेतासमेत रहेका आलेको पोल्टोमा टिकट पुग्यो। २०७४ सालमा आले वामगठबन्धनका उम्मेदवार थिए। उनीसँग नेपाली कांग्रेसका वीरबहादुर बलायर पराजित भएका थिए।
 |  शुक्रबार, कात्तिक ११, २०७९
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

शुक्रबार, कात्तिक ११, २०७९

काठमाडौं- ४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता प्रेमबहादुर आले चुनावी प्रतिस्पर्धामा छन्।

triton college

नेकपा एमालेबाट दुई पटक सांसद बनिसकेका आले यसपटक एकीकृत समाजवादीबाट चुनावी मैदानमा रहेका हुन्। उनलाई चुनौती बनेकी छिन्, उनकै पूर्वसहकर्मी गौरीकुमारी ओली।

सत्ता गठबन्धनभित्र डोटीमा नेपाली कांग्रेसलाई दिनु पर्ने माग उठेको थियो। नौ पालिका रहेको डोटीमा स्थानीय तह निर्वाचनमा कांग्रेसले सात पालिकामा प्रमुख तथा एक पालिकामा उपप्रमुख जितेको छ। स्थानीय तह निर्वाचनमा गठबन्धन बिनै कांग्रेसले ठूलो सफलता हासिल गरेको थियो। आफूहरू बलियो रहेकाले गठबन्धनबाट डोटीमा कांग्रेसले टिकट पाउनु पर्ने माग राख्दै आएको थियो।

नेकपा एमालेले एक र नेकपा माओवादी केन्द्रले अर्को एक स्थानमा जित निकाल्न सफल भएको थियो। यसले स्पष्ट पार्छ, डोटी स्थानीय तहमा कांग्रेसको राम्रो प्रभाव छ ।

सत्ता समीकरणका कारण कांग्रेस बलियो हुँदाहुँदै पनि एकीकृत समाजवादीका प्रभावशाली नेतासमेत रहेका आलेको पोल्टोमा टिकट पुग्यो। २०७४ सालमा आले वामगठबन्धनका उम्मेदवार थिए। उनीसँग नेपाली कांग्रेसका वीरबहादुर बलायर पराजित भएका थिए। यस पटक भने बलायर कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिस्पर्धामा छन्। उनी यतिबेला कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिसमेत हुन्।

Metro Mart
vianet

यस्तै आलेसँग डोटीमा अन्य पाँच जना उम्मेदवार प्रतिस्पर्धामा छन्। नेकपा एमालेकी गौरीकुमारी ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अंकबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका केशव बलायर, स्वतन्त्र राजप्रसाद जोशी र नरेन्द्रबहादुर खड्का चुनावी मैदानमा छन्।

२०७० सालको र २०७४ सालको आम निर्वाचनमा सहज जित निकालेका आलेलाई यसपटक भने डोटीमा त्यति सहज छैन। स्थानीय तह निर्वाचनमा वडाध्यक्षको मतलाई हेर्ने हो कांग्रेसले सबैभन्दा बढी मत ल्याएको छ। 

नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवारले पाएको मत  ३४ हजार ४७ थियो। त्यस्तै, दोस्रोमा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारले २४ हजार ९ सय १६ मत ल्याएका थिए। माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारले ७ हजार ७ सय ८९ मत ल्याउँदा आलेकै पार्टी नेकपा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवारले भने ३ हजार २ सय ५ मत ल्याएका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टीका वडाध्यक्षका उम्मेदवारको मत भने १ हजारभन्दा कम थियो।

आलेसँग डोटीमा अन्य पाँच जना उम्मेदवार प्रतिस्पर्धामा छन्। नेकपा एमालेकी गौरीकुमारी ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अंकबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका केशव बलायर, स्वतन्त्र राजप्रसाद जोशी र नरेन्द्रबहादुर खड्का चुनावी मैदानमा छन्।

यसअघिको आम निर्वाचनमा एमाले र माओवादी केन्द्रको समर्थनमा आले उम्मेदवार थिए। त्यति बेला उनले ३२ हजार ५ सय १० मत ल्याएका थिए। उनका तत्कालीन प्रतिस्पर्धी बलायरले ३० हजार ८ सय ७८ मत प्राप्त गरेका थिए।

यसभन्दा अघि एमालेमा रहेकाले र माओवादी केन्द्रको समर्थन भएकाले आलेले सहज जित निकालेका थिए। तर, यस पटक उनको पार्टीसँग तीन हजार मतभार मात्रै छ। चुनाव जित्नका लागि उनले गठबन्धन र त्यसमा पनि कांग्रेसको पूर्ण साथ पाउनुपर्ने छ। 

तर, नेपाल उद्योग वाणिज्य संघ डोटीका अध्यक्षसमेत भइसकेका नरेन्द्र खड्का उनका लागि चुनौती बन्ने देखिन्छन्। कांग्रेसका नेतासमेत रहेका खड्का गठबन्धनको विरुद्धमा बागी उठेका छन्। कांग्रेसले ठूलो संख्यामा मत क्रस गरेको अवस्थामा त्यसको असर आलेलाई पर्ने छ। र, एमालेकी ओलीले त्यसको फाइदा लिने छिन्।

डोटीमा आलेलाई उम्मेदवारी दिन लगाएकोमा धेरै कांग्रेस नेताहरू सन्तुष्ट छैनन्। स्थानीय निर्वाचनमा कांग्रेसभन्दा ३० हजार कम मत पाएको नेकपा एसले प्रेम आलेलाई उम्मेदवार बनाएर पठाएपछि डोटीका कांग्रेस कार्यकर्ता रुष्ट भएका हुन्। यस्तो बेला आलेले सबै कांग्रेसको मन जितेर  अघि बढ्नुपर्ने देखिन्छ।

उता कांग्रेस डोटीले भने केन्द्रीय कार्यालय सानेपाद्वारा प्राप्त परिपत्र अनुसार पार्टी गठबन्धनमा औपचारिक रूपमा समाहित भएको जनाएको छ। कांग्रेस डोटीका सचिव गणेश खड्काले फेसबुकमा सार्वजनिक गरेको विज्ञप्तिमा संविधान र लोकतन्त्रको पूर्णरक्षा गर्न अपरिहार्य रहेको लोकतान्त्रिक बाम गठबन्धनलाई मतदान गर्न आग्रह गरिएको छ। 

'गठबन्धनका सम्पूर्ण उम्मेदवारलाई अत्यधिक बहुमतले विजय गराउन डोटी जिल्लाका सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक भातृ संघसंगठन तथा स्थानीय तह पालिकाका पदाधिकारी एवं वडाकार्यसमिति तहसम्म सक्रियताका साथ लाग्न आग्रह गर्छौं। गठबन्धनका साझा उम्मेदवार प्रतिनिधि सभामा प्रेमबहादुर आले (एकीकृत समाजवादी) चुनाव चिन्ह कलम प्रदेश (क) नरेन्द्र बहादुर सिंह (नेपाली कांग्रेस) चुनाव चिन्ह रुख प्रदेश (ख) शिवसिंह ओली (नेकपा माओवादी केन्द्र) चुनाव चिन्ह गोलाकार भित्र हसियाहतौडा  र समानुपातिकतर्फ प्रतिनिधि सभा तथा प्रदेश सभामा रुख चिन्हमा मतदान गर्न गराउनुहुन सम्पूर्ण कांग्रेस जनमा निर्देशनका साथै डोटी वासीमा हार्दिक अनुरोध गर्दछु,' विज्ञप्तिमा भनिएको छ।

गठबन्धनको विपक्षमा मतदान गर्दा डोटी कांग्रेसलाई समेत घाटा हुने भएकाले इमानदारितापूर्वक गठबन्धनको पक्षमा उभिनुपर्ने एक कांग्रेस नेताले बताए।

यसलाई आधार मान्दै नेकपा एकीकृत समाजवादी डोटी भने कांग्रेसको आफूहरूलाई पूर्ण साथ रहेको दाबी गर्छ। एकीकृत समाजवादी डोटीका नेता एवं आलेका स्वकीय सचिव हेमन्त रेग्मी केही समय पहिले कांग्रेस असन्तुष्ट रहे पनि यतिबेला सबै मतभेद मिलिसकेको बताए।

'हामीले सबै पालिकामा दसैं दीपावलीको शुभकामना आदानप्रदान कार्यक्रम सकेका छौं। सुरुमा कांग्रेसका केही साथीमा असन्तुष्टि थियो। तर, अहिले गठबन्धनको पक्षमा उहाँहरू इमानदारिताका साथ लागिरहनु भएको छ,' रेग्मीले भने। उनी कांग्रेसका बागी उम्मेदवार खड्काले गठबन्धनलाई कुनै असर नपार्ने बताए।

नीय निर्वाचनमा कांग्रेसभन्दा ३० हजार कम मत पाएको नेकपा एसले प्रेम आलेलाई उम्मेदवार बनाएर पठाएपछि डोटीका कांग्रेस कार्यकर्ता रुष्ट भएका हुन्। यस्तो बेला आलेले सबै कांग्रेसको मन जितेर  अघि बढ्नुपर्ने देखिन्छ।

आलेलाई उद्धृत गर्दै रेग्मीले समाजवादीसँग डोटीको विकासका लागि थुप्रै योजना रहेको बताए। 'ठूलो योजना भनेको पश्चिम सेती नै हो। पश्चिम सेती बनाउनका लागि आले जीले सुरुदेखि नै पैरवी गरिरहनु भएको छ। दोस्रो एजेन्डा भनेको धनगढी-खुटिया-दिपायल सडकको स्तरोन्नति हो। अहिले उक्त सडकको २५ किलोमिटर कालोपत्र भइरहेको छ। आउँदो कार्यकालमा धनगढीदेखि दिपायलसम्म पिच गरिसक्ने रणनीति छ,' उनले भने।

रेग्मीले त्यसपछि उक्त सडकको विस्तार गर्दै बझाङसम्म जोडिने बताए। आलेको पहलमा भएको अहिले सहजपुर बोगटान सडकको  ५० किलोमिटर सडक कालोपत्रेको काम सकिएको उनले बताए। यस वर्ष थप ३५ किलोमिटर पिच गर्ने रणनीति रहेको उनले बताए।

'दिपायलबाट सानागाउँसम्म सडक पिच भइसक्यो। यताबाट अत्तरकाँडासम्म पिच भइसक्यो। दोहोरो पिच गरेर सहजपूर-बोगटान हुँदै दिपायलसम्म जोड्ने सडक कालोपत्रे गर्ने हाम्रो रणनीति रहेको छ,' उनले भने, 'पूर्वीचौकीमा ४० करोडको लागतमा २० किलोमिटर सडक कालोपत्र भइरहेको छ। यो पूर्वीचौकीमा रिङरोडको रूपमा विकास भइरहेको छ।' यसका साथै सिलगढीमा रहेको भेलछडाको खानेपानीलाई व्यवस्थित गर्दै सहज रूपमा धारामा पुगाउने काम गर्ने उनले बताए।

यस्तै पर्यटकीय क्षेत्रको विकासलाई प्रमुख प्राथमिकतामा राखिएको पनि उनले बताए। खप्तडलाई पर्यटकीय हब बनाउन खोजिएको उनले बताए। मन्त्री हुँदा आलेले झिङ्‍रानादेखि खप्तड त्रिवेणीसम्म ट्रयाक खोल्न पाउने निर्णय गरेको रेग्मीले बताए। त्यसका साथै त्यहाँ ध्यान केन्द्रको विकास गर्ने योजना रहेको उनले बताए।

'डोटीको बडिकेदारमा पनि धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्ने योजना रहेको छ। मन्त्री हुँदा आलेकै पहलमा त्यहाँ नौ करोडको योजना कार्यान्वयन भइरहेको छ। बुडरको छहरा झर्नाको लागि ११ करोडको लागतमा मन्त्री हुँदा आलेजीले शिलान्यास गरिसक्नु भएको छ। त्यसको काम भइरहेको छ,' उनले भने। यसका साथै मन्त्री हुँदा आलेले ढाइसय मन्दिर हालेको बताए। यस्ता थुप्रै योजना आफूहरूसँग भएकाले जनताको साथ पाउनेमा आफूहरू विश्वस्त रहेको रेग्मीले बताए।

उता एमाले उम्मेदवार ओली भने गठबन्धनलाई आफूले चुनौतीका रूपमा नलिएको बताएकी छन्। 'बाहिर गठबन्धन बलियो देखिए पनि भित्र त्यो निकै कमजोर छ। गठबन्धनभित्र थुप्रै असन्तुष्टि छन्,' भनिन्।

एमालेको पहिलो एजेन्डा समृद्ध नेपाल र सुखी नेपाली भएको उनले बताइन्। 'डोटीमा फास्ट ट्रयाकको कुरा छ। पश्चिम सेतीको कुरा छ। बोगटान सडकलाई कालोपत्रे गर्ने कुरा छ। खप्तडको विकासको कुरा छ। जिल्लाका अन्य सडकको स्तरोन्नति गर्नुपर्छ कुरा छ। बिजुली नपुगेको ठाउँमा बिजुली पुगाउने योजना छ,' उनले भनिन्। गरिबी निवारणको योजना पनि आफूले प्राथमिकतामा राखेको उनले बताइन्।

सुदूरपश्चिममा युवा भारत पलायन हुनुपर्ने अवस्था रहेकाले युवालाई देशमै रोक्न आफूले युवा लक्षित कार्यक्रम ल्याउने ओलीले बताइन्। 'महिलाहरूलाई आयआर्जनमा जोड्नका लागि पनि मैले केही योजना ल्याउने छु,' उनले भनिन्। यस पटक चुनाव जित्नेमा आफू विश्वस्त रहेको ओली बताउँछिन्।

प्रकाशित: Oct 28, 2022| 12:53 शुक्रबार, कात्तिक ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...