काठमाडौं–उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनका समकक्षी नसरुल हमिदले वङगलादेश सरकारले सन् २०४० भित्र नेपालबाट ९ हजार मेघावाट विजुली आयात गर्ने निती लिएको बताए ।
मन्त्री वर्षमान पुनले बङगलादेशको तीन दिने भ्रमणको क्रममा मन्त्री पुनलाई समकक्षी हमिदले बङलादेशको नीतिको सम्बन्धमा जानकारी गराएको मन्त्रीका प्रेस संयोजक रोशन खड्काले जानकारी दिएका छन् । मन्त्रीको टोलि शनिबार नै भ्रमण सकेर स्वेदश फर्केका हुन् ।
टोलि बङगलादेशको राजधानी ढाकामा सम्पन्न भएको ‘पावर एण्ड इनर्जी सप्ताह’मा विशेष अतिथिका रुपमा उनी सहभागी भएका थिए ।
भ्रमणकै क्रममा उनले आफ्ना समकक्षी नसरुल हमिदसंग द्धिपक्षीय भेटवार्ता गर्नुका साथै आपसी हितका विषयमा समेत छलफल गरेका थिए ।
दुवै नेताकोबीचमा दुई देशबीच उर्जा क्षेत्रमा गर्ने सहकार्यका विषयमा गम्भिर छलफल हुनुका साथै छिट्टै काम अघि बढाउने पनि सहमती भएको जानकारी गराएको छ ।
भेटमा बङगलादेशका मन्त्री हमिदले सुनकोशी-२ र सुनकोशी-३ जलविद्युत आयोजना समेत संयुक्त रुपमा बनाउन प्रस्ताव राखेको छ ।
सो अवसरमा बंलादेशको मन्त्रिपरिषद्ले भारतीय कम्पनी ग्रान्ध्री माल्लिकार्जुन राव (जिएमआर) प्रवद्र्धक रहेको माथिल्लो कर्णालीको ५०० मेगावाट विद्युत् किन्ने निर्णय केही दिनअघि मात्र गरिसकेको जानकारी गराएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४