शुक्रबार, साउन १, २०८३

आइएमई लाइफ इन्स्योरेन्समा भट्ट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा चन्द्र भट्ट नियुक्त भएका छन् । भट्टले आफ्नो बैंकिङ्ग करियर नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबाट १९९८ मा शुरु गरी २०११ सम्म आईपुग्दा सहायक महाप्रबन्धक पदमा काम गरेका थिए । 

त्यसपछि मेगा बैकमा ६ महिना नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहेर काम गरेका उनी पछिल्लो समय विभिन्न बैंक तथा बित्तीय संस्थालगायत इन्स्योरेन्स कम्पनीहरुमा आबद्ध थिए । 

कम्पनीको सञ्चालक समिति समक्ष प्रमुख कार्यकारी अधिकृत पदको सपथ गह्रण गर्दै भट्टले आफुसँग रहेको कार्य अनुभबको प्रचुर रुपमा प्रयोग गरी कम्पनीलाई नयाँ आयाम दिई जीवन बीमा कम्पनीहरुमध्ये उत्कृष्ट स्थान हासिल गर्न प्रयासरत रहने प्रतिबद्धता जनाए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्