शुक्रबार, साउन १, २०८३

शनिबार कमिककन नेपाल महोत्सव 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-कमिककन नेपालको आयोजना रमोडेल ग्लोबल भिजा कन्सल्टेन्सीको आयोजमा शनिबार काठमाडौंको भृकुटीमन्डपस्थित बगैंचामा ‘कमिककन नेपाल २०१८’ महोत्सवको आयोजना हुने भएको छ ।

कस्प्ले प्रेमीहरुलाई कमिक कल्चरमा समावेश गराउने उद्देश्यसहित सञ्चालन हुन लागेको उक्त महोत्सवले सम्पूर्ण उमेर समूहलाई समावेश गराउने जनाइएको छ । उक्त मेलामा दश हजारभन्दा बढिको सहभागिता हुने अपेक्षा गरिएको छ ।

नेपालमा पनिकला, संगित, चलचित्र, नाटक, भिडियो गेममा एनिमेसन प्रविधिको विकासमा मेलाले टेवा पुर्याउने आयोजकको भनाइ छ ।

महोत्सवले आधुनिक वाणिज्य व्यवस्थापनमा, कला, सांगितीक प्रस्तुतिमा नयाँ प्रविधिलाई जोड्न मद्दत गर्नका साथै पश्चिमी पप संस्कृतिसँग जोड्न मेला सहयोगी हुने आयोजकको दावी छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्