काठमाडौं-कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाललाई तत्काल सहज रुपमा देशभरका किसानलाई रसायनीक मल उपलब्ध गराउन निर्देशन दिइएको छ ।
कृषिमन्त्री खनालको उपस्थितिमा आइतबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको वैठकले मन्त्री खनालाई तत्काल देशभरका किसानलाई रासायनीक मल उपलब्ध गराउन निर्देशन दिएको छ ।
साथै आगामी दिनमा रासायनिक मलको दिगो आपूर्ति व्यवस्था मिलाउन समेत मन्त्रालयलाई निर्देशकन दिएको समितिका शाखा अधिकृत विनोद पौडेलले जानकारी दिए ।
पछिल्लो समय किसानहरुले रासायनिक मलको अभाव भएको चौतर्फी गुनासो गरिरहेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४