शनिबार, फागुन ३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

महाकविले २६ वर्ष बिताएको त्यो घर, यो संग्रहालय

‘देवकोटालाई बचाइराख्ने पहिलो कृति थियो, दोस्रो घर,’ लोहनी भन्छन्, ‘फ्रन्टलाइन बचाइदिएको भए पनि देवकोटाको हंश अडिने ठाउँ हुन्थ्यो।’
 |  सोमबार, कात्तिक ७, २०७९

राज सरगम

राज सरगम

सोमबार, कात्तिक ७, २०७९

ntc landingntc landing

काठमाडौं– ६३ वर्षअघि महाकवि लक्ष्मीप्रसाद देवकोटा रहेनन्। अब उनको झल्को दिने घर पनि रहेन। देवकोटाले वि.सं. १९९० सालमा किनेको घरमा २६ वर्ष बिताएका थिए। अब त्यस्तै घर छैन र देवकोटाको सम्झना दिलाउन सक्ने चिजबिजहरू पनि छैनन्!

himalayan bank box

मैतीदेवीस्थित देवकोटा मार्गको प्रवेशद्वारबाट देखिने देवकोटाको जीर्ण घर अहिले भत्काएर संग्रहालय बनाइएको छ। 

पुनर्निर्माण गर्न भत्काइँदै गरेको घरलाई शंकर लामिछानेले विम्ब–प्रतिविम्बमा ‘कविकुञ्ज’ लेखेका थिए। घरबाट कविकुञ्ज हुन पुगेको देवकोटा निवासलाई संग्रहालय बनाउने भनेर नेपाल प्रज्ञा प्रतिष्ठानले ०७५ सालमा २ करोड ५० लाखमा किनेको थियो। 

कवि–लेखक पुष्कर लोहनी देवकोटाको घर भत्काउनुलाई जायज ठान्दैनन्। ‘देवकोटालाई बचाइराख्ने पहिलो कृति थियो, दोस्रो घर,’ लोहनी भन्छन्, ‘फ्रन्टलाइन बचाइदिएको भए पनि देवकोटाको हंश अडिने ठाउँ हुन्थ्यो।’ 

हुन त देवकोटा अक्षरमा अमर छन्। उनका कृति विश्व साहित्य बजारमा पुग्न सफल छन्। यस्ता महान स्रष्टाको घर आफैँमा एउटा खोज हुनसक्थ्यो। देवकोटाको जीवन बुझ्न चाहने नयाँ पुस्ताका लागि उनको घर चिन्तनको माध्यम हुन सक्थ्यो। देवकोटामाथि सोच्न बाध्य पार्थ्यो। लोहनी भन्छन्, ‘सिंहदरवारको फ्रन्टसाइट बचाएझैं देवकोटाको घरको फ्रन्टसाइट जोगाउन सकिन्थ्यो।’ 

भत्काइने क्रममा देवकोटाको घर।

घर भत्काउँदा निस्किएको धुलो उडेझैं देवकोटाको हंश पनि उडेको महशुस गर्छन् लोहनी। घरलाई पूरै भत्काउँदा देवकोटाका कुनै निशानी नरहने बताउँछन्। देवकोटाको घर भत्किँदा उनको मन भत्किएजस्तो भएको छ। 

बाल्यकालमा देवकोटाको घरमा बसेर पढेको धमिलो यादको सिलासिला लोहनी जोड्छन्। २०१० सालमा मैतीदेवीको बस्ती पातलो थियो। टिनका टहराहरु। टहराको बीचबाट साँघुरो गल्ली हुँदै पुष्कर लोहनी १५ वर्षको उमेरमा पहिलोपटक बुबाको हात समाएर महाकवि देवकोटाको घरमा पुगेका थिए।

लोहनीका बुबा नगरपालिकाको मुद्दा फाँटका हाकिम भएकाले देवकोटाले घरखेत थिचोमिचोको बारेमा बुझ्न बोलाएका थिए। बुबा माधव लोहनीलाई पछ्याएर गएका किशोर पुष्करलाई देखेर देवकोटाले ‘को हो’ भनेर सोधेका थिए। लोहनीका बुबाले छोरो भनेर चिनाएपछि देवकोटाले पढाइलेखाइका बारेमा सोधेको सम्झिन्छन् लोहनी। ‘देवकोटाले भोलिदेखि मेरो घर पढ्न आउनु भन्नुभएको थियो,’ लोहनीले सम्झिए।

पद्मोदय हाइस्कुलमा पढ्दै गरेका लोहनी भोलिपल्टै कापीकलम बोकेर देवकोटा निवासमा ट्युसन पढ्न पुगेका थिए। टिनको टहरोको किनारबाट निस्किएको गल्ली। गल्ली सकिएसँगै फराकिलो आँगन। घरभित्र पस्नेबित्तिकै ढोकाको छेउमा थियो भर्‍याङ। भर्‍याङ चढेर लोहनी जब लामो कोठामा पुगे, आफूजस्तै केटाहरु पढ्नका लागि पुगिसकेका थिए। फराकिलो कोठा थियो जहाँ केही सुकुल विछ्याइएका हुन्थ्यो। केही थान कपडाको चकटी थिए। जो गए पनि त्यही बस्नुपर्ने थियो। ‘त्यो कोठामा खासै फर्निचर थिएनन्। सबैजना भुइँमा बस्थ्यौं। उहाँ बेग्लै चकटीमा बसेर पढाउनु हुन्थ्यो,’ पुष्कर बितेका दिन सम्झिएर भन्छन्। 

प्रकाशित: Oct 24, 2022| 20:09 सोमबार, कात्तिक ७, २०७९
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।