बुधबार, भदौ १०, २०८३

हिमालको काखबाट राष्ट्रिय खेलकुद नियाल्दा

प्रतियोगिताको दोस्रो दिन बिहान खासै इभेन्ट थिएनन्। ढिलो गरेर ११ बजे रंगशाला पुग्दा सबै साथीहरू त्यहीँ भेटिए। फेवातालको छालमा टल्किइरहेका घामका किरण, माछापुच्छ्रेलगायतका हिमालमा ठोक्किएका घाम किरण, सिरसिरे हावा, पोखरापारिका रमणीय गाउँ अनि नौला खेलाडी, व्यवस्थापक र दर्शक हेर्दै बिहान बितेको थियो।
 |  मंगलबार, कात्तिक ८, २०७९

विनय सापकोटा

विनय सापकोटा

मंगलबार, कात्तिक ८, २०७९

पर्यटकलाई बिछट्टै लोभ्याउने स्थलमा पर्छ, पोखरा। पोखरा घुम्ने जोकोहीले उत्साहपूर्वक बोल्ने गर्दछन् यो। मेरा लागि यस पटकको पोखरा यात्रा थप उत्साहप्रद हुनेवाला थियो।

दुई साताअघि मात्र एक दिनका लागि पोखरा जान पाएको हो। सात दिनका लागि जाने तयारीमा थिएँ। तर भ्रमण घुम्नका लागि मात्र थिएन। नवौं राष्ट्रिय खेलकुद पोखरामा हुँदै थियो। त्यसकै सिलसिलामा म असोज २८ गते जाँदै थिएँ।

पोखरा जान सम्पादकको अनुमति पाएकै दिन रातको समयमा फोन आयो। मुकुन्दको रहेछ। उनी पहिलोपोस्टमा खेलकुदमा कलम चलाउँछन्। 

‘हेलो,’ मैले फोन उठाएँ।

‘अँ। पोखरा जाने, बस्ने केही योजना बन्यो?’ प्रश्न थियो।

‘छैन केही पनि,’ मैले उत्तर दिएँ।

‘म बाइकमा जाने सोचिरहेको छु। लग्ने हो बाइक?’

‘एक्लै पुर्‍याउने आँटै छैन।’

‘त्यसो भए मेरो बाइकमा जाऔं दुवै जना।’

मैले हुँदैन भन्ने कुरै थिएन। चारपांग्रेमा सहज नलाग्ने मैले बाइकको अफर किन छाड्नु? अब रमाइलो थपिँदै थियो। आफ्नै समयमा जान मिल्यो। ठाउँ हेर्दै, आराम गर्दै। बाइकको मजा यही हो।

मैले योजना बनाउन थालेँ। ३६ खेलका तीन सयभन्दा धेरै इभेन्ट भइरहेका थिए। सकेसम्म धेरै इभेन्ट कभरेज गर्ने अनि बीचमा केही समय निकालेर घुम्ने। मलाई थाहा थियो सेड्युल टाइट हुनेवाला छ।

अघिल्लो दिन बेलुका उद्घाटनको तालिका आइसकेछ। २८ असोजमा रंगशालामा ३ बजे उद्घाटन हुने भएपछि ९ बजे काठमाडौंबाट निस्कने योजना बनायौं। यो समय थानकोटमा धेरै जाम हुने याद नगरी हिँड्दा कम सकस भएन।

मुग्लिनमा चियाको चुस्की लिएर हामी मर्स्याङ्दीको छङछङ सुन्दै अघि लाग्यौं। यो बाटोमा यात्रा पहिलो थियो। गज्जबको बाटो, त्यसमाथि अग्लाअग्ला डाँडा साथै भर्खरै खुलेको मौसम। मोबाइल निकालेर भिडियो बनाउन लागेँ।

जामले हामीलाई एक घण्टा ढिलो गराएकै हो। भाग्यवश मलेखु पुग्नुअघि बाटो बनिरहेको ठाउँमा जामको सुरुमा पर्‍यौं। त्यहाँबाट अघि लाग्न पाएपछि त्रिशूलीको शान्तपन अनि भिरपाखा हेर्दै सरर अघि बढ्यौं। बाइकमा पछि बस्नुको रमाइलो भनेकै सबैतिर हेर्न पाउनु हो।

‘यो बाटो बसमा हिँड्दा पत्रु लागे पनि यसको असलियत बाइकमा हिँडेपछि थाहा हुने रहेछ। साइडमा देखिने रमाइला गाउँ बसमा मिस हुने रहेछन्,’ मैले मुकुन्दलाई जानकारी दिइरहेको थिएँ।

‘बसेर हेर्न हुन्थ्यो। तर पछिका बस र ट्रकले उछिन्ला अनि उद्घाटन हेर्न नपाइएला,’ जवाफ आयो।

मुग्लिनमा चियाको चुस्की लिएर हामी मर्स्याङ्दीको छङछङ सुन्दै अघि लाग्यौं। यो बाटोमा यात्रा पहिलो थियो। गज्जबको बाटो, त्यसमाथि अग्लाअग्ला डाँडा साथै भर्खरै खुलेको मौसम। मोबाइल निकालेर भिडियो बनाउन लागें।

‘ओहो! क्या दामी आयो,’ भिडियो सुरु नगर्दै मुखबाट फुत्किइहाल्यो।

तर सधैं त्यस्तो रहेन। तनहुँको बाटोले हायलकायलै बनायो। ट्रक अघि लागेको कुनै ठाउँमा त बाटै नदेखिने गरी धुलो हुन्थ्यो। अनि लगातार बाइक उफ्रिएर खुट्टा दुख्न थालिसकेको थियो।

२ बजेपछि खाना खोज्न लागियो। साइडको पसलमा चटपटे खाने मनशायले आर्लिंदा हामी धुलैधुलो थियौं।चटपटेसँगै १५ मिनेटको बसाइपछि उकालो लाग्यौँ।

प्रकाशित: Oct 25, 2022| 07:50 मंगलबार, कात्तिक ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...