फाँक्सवैगनको नेपालका लागि आधिकारिक विक्रेता पूजा इन्टरनेशनल नेपाल प्रालीले फांक्सवैगनको नयाँ मोडलको गाडी पोलो १.० नेपाली बजारमा भित्राएको छ । कम्पनीले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी नयाँ गाडी बजारमा आएको जानकारी दिएको हो ।
९९९ सीसी र ७६ एजपी इन्जिन क्षमता उक्त गाडी इन्धन बचतमा कोशेढुंगा बन्ने कम्पनीको दावी छ । यसअघि नेपाली बजारमा फल्क्सवागन पोलो गाडी १६००र १२००सीसीमा उपलब्ध थियो । आर्थिक वर्ष ०७५/०७६को बजेटमा व्यवस्था भए अनुसार १००० सीसी भन्दा माथिका गाडीमा कर वृद्धि गरिएको भए पनियो नयाँ मोडलको गाडि खरिदले उपभोक्तालाई उक्त कर वृद्धिले कुनै असर नपर्ने कम्पनीको दावी छ ।
गाडीकोबजार मुल्य २६ लाख ९५ हजार रहने जानकारी कम्पनीले दिएको छ । नेपालीहरूको महान चाड दशैंको शुभअवसरमा कम्पनीले गाडीको मुल्यमा विशेष छुटको व्यवस्था गरेको छ । जस अनुसार गाडी बुक गर्ने प्रथम सय ग्राहकले २५ लाख ५० हजारमा गाडी पाउने छन् ।
विशेष छुट सहितको उक्त मोडलको गाडीमा सुरक्षाका विभिन्न व्यवस्था जस्तैएन्टिलक ब्रेकिङ सिस्टम (एबीएस), एयर ब्याग, गाल्भनाइज्ड बडि, पावर विन्डो, रियर भ्यू क्यामेरा, पोलन फिल्टर सहितको एयर कन्डिसन, पावर स्टरिङ आदि समावेश रहेको कार्यक्रममा जानकारी दिइयो ।
सन् २०११मा नेपालको बजारमा ल्याएको पोलो १.६ ह्याचब्याक गाडी अत्याधिक सफल र दोस्रो बजारमा पनि सबै भन्दा बढी मुल्य पाउने गाडी रहेको कम्पनीको दावी छ । पोलो १.० ले पनि उपभोक्ताहरूबाट उस्तै माया र सद्भाव पाउने कम्पनीले आशा राखेको छ ।
फाँक्सवैगन पोलो नियमित मर्मत सम्भारमा लाग्ने खर्चको हिसाबमा सबैभन्दा कम खर्चिलो गाडी रहेको कुरा स्वतन्त्र सर्भे गर्ने सँस्था ईलम कन्सल्टेन्सीले प्रमाणित गरेको जानकारी पनि कार्यक्रममा दिइएको थियो । अध्ययनले फाँक्सवैगन पोलो गाडी अन्य ब्राण्डका सोहि समूहका गाडी भन्दा ३० प्रतिशत कम खर्च पर्ने देखाएको छ ।
अध्ययन अनुसार अन्य ब्राण्डका गाडीहरु ५,००० कि.मी. मा सर्भिसिङ गर्नुपर्ने भएपनि फाँक्सवैगन पोलो गाडी १५ हजार कि.मी. सम्म निर्धक्क चलाउन सकिनेछ ।
कार्यक्रममा पूजा इन्टरनेशनल प्रा.लि. का कार्यकारी अधिकृत विबेक विजुक्छेले अन्तर्राष्ट्रिय गाडीको व्यापारमा पछिल्ला दुई वर्षमाफाँक्सवैगन अग्र पंक्तिमा रहेको बताए । कम्पनीले सन् २०१७मा मात्रै १,०४,१३,३१५।–गाडी विक्रि गरेको तथ्यांकले पनि यस कुराको पुष्टि गर्ने विजुक्छेको दावी थियो ।
फाँक्सवैगनको नेपालमा हाल ९ वटा सर्भिस स्टेशन रहेको छ,जसमध्ये ३ वटा काठमाडौंमा रहेको छ । कम्पनीले बजारमा ल्याएको उक्त मोडलको गाडीलोकप्रिय करकोरूपमा स्थापित हुने कार्यक्रममा जानकारी दिइयो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४