मंगलबार, वैशाख २९, २०८३

भक्तपुरको कमलविनायकबाट लागूऔषधसहित दुई जना पक्राउ

भक्तपुर नगरपालिका-१० कमलविनायकमा लागूऔषध विक्रीवितरण तथा ओसारपसार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  सोमबार, कात्तिक ७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ७, २०७९

भक्तपुर- भक्तपुर नगरपालिका-१० कमलविनायकमा लागूऔषध विक्रीवितरण तथा ओसारपसार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। लागूऔषध विक्रीवितरण तथा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो।

National life

पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भई हाल भक्तपुर नगरपालिका-१० कमलविनायक बस्ने  ३३  वर्षीय रविन तामाङ र सोही स्थान भई हाल कमलविनायक नै बस्ने ३४ वर्षीया सुस्मिता खड्का छन्। 

प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले निजहरुको डेराकोठामा खान्तलासी गरी हेर्दा लागुऔषधसहित चोरी गरि राखिएका मोटरसाकलको हेल्मेटसमेत फेला पारेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। 

कानुन बमोजिम बरामद गरी लागूऔषधसम्बन्धी कसुरमा उनीहरूलाई जिल्ला अदालत भक्तपुरमा पेश गरी थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ। उनीहरूबाट लागुऔषधसहित मोटरसाइकल, हेल्मेट बरामद भएको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए।

प्रकाशित: Oct 24, 2022| 12:17 सोमबार, कात्तिक ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।