मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रलाई सांस्कृतिक केन्द्र बनाइँदै

विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रलाई सांस्कृतिक केन्द्र बनाइँदै

सरकारले विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रलाई सांस्कृतिक केन्द्रका रुपमा विकास गर्ने भएको छ।
 |  सोमबार, कात्तिक ७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ७, २०७९

काठमाडौं- सरकारले विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रलाई सांस्कृतिक केन्द्रका रुपमा विकास गर्ने भएको छ।

National life

विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्र र स्वयम्भूनाथ चैत्य, जीवित देवी कुमारीलाई राख्ने घर, लाखेघर, पवित्र भूमि सीतापाइला, तलेजु मन्दिर जस्ता सम्पदा र इन्द्रजात्रालगायत विभिन्न जात्रापर्वको प्रचलन रहेको क्षेत्रलाई सांस्कृतिक केन्द्रका रुपमा विकास गर्ने सोच अगाडि सारिएको छ। 

त्यसको प्रत्यक्ष लाभ स्थानीय बासिन्दाले पाउने व्यवस्था गर्न लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जानकारी दिए। सम्पदा क्षेत्रका जनताले पर्यटनबाट प्रत्यक्ष लाभ लिने वातावरण बनाइने उनको भनाइ छ। स्थानीयवासीलाई सीपमूलक तथा आयआर्जनका कार्यक्रममा सामेल गराउने योजना अनुसार आफ्नो क्षेत्रमा स्थानीय पथप्रदर्शक तालिम तथा होमस्टे तालिमलाई अभियानका रुपमा अघि बढाएको मन्त्री श्रेष्ठले जानकारी दिए। 

पर्यटन क्षेत्रको दीगो विकासका लागि सरकारले पर्यटन दशकको अवधारणा अघि बढाएको उल्लेख गर्दै उनले पर्यटन नै नेपालको आर्थिक विकासको दीगो स्रोत भएको र कोभिड–१९ पछि थलिएको पर्यटनलाई पुनरुत्थान गर्न  आफूले ‘पर्यटन दशक २०२३–२०३३’ को अवधारणा अगाडि सारेको बताए। 

काठमाडौँंको छाउनीस्थित बाहिटी सङ्गमटोल सुधार समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री श्रेष्ठले काठमाडौंँ निर्वाचन क्षेत्र नं ८ मा पूर्वाधार विकासतर्फ आफूले गरेका अधिकांश प्रतिबद्धता पूरा गरेको बताउँदै आगामी दिनमा उक्त क्षेत्रलाई पर्यटकीय नमूनास्थल बनाउने प्रतिबद्धता व्यक्त गरे। 

निर्वाचन क्षेत्रभित्र सडक निर्माण, खानेपानी आयोजना, सांस्कृतिक सम्पदाको पुनःनिर्माण, संरक्षण र विकास, चमती जग्गा एकीकरण आयोजना, मनोरञ्जन पार्क निर्माण, सडक पुल, झलुङ्गे पुल तथा आकाशे पुल निर्माण तर्फ अधिकांश चुनावी प्रतिबद्धता पूरा गरेको उनले बताए। 

आसन्न निर्वाचनमा काठमाडौंँ निर्वाचन क्षेत्र नं ८ बाट वाम लोकतान्त्रिक गठबन्धनको उम्मेदवारसमेत रहनुभएका मन्त्री श्रेष्ठले वसन्तपुर– स्वयम्भू–ह्वाइट गुम्बालाई नमूना पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने आफ्नो योजना रहेको सुनाए।   -रासस

प्रकाशित: Oct 24, 2022| 08:54 सोमबार, कात्तिक ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।