मंगलबार, वैशाख २९, २०८३

युवा संघ विराटनगर अध्यक्षविरुद्ध पक्राउ पूर्जी

अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा मिटर ब्याजी एवं एमाले भातृ संगठन युवा संघ विराटनगरका अध्यक्ष किरण लामाविरुद्ध मोरङ प्रहरीले आइतबार पक्राउ पूर्जी जारी गरेको छ।
 |  सोमबार, कात्तिक ७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ७, २०७९

विराटनगर- अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा मिटर ब्याजी एवं एमाले भातृ संगठन युवा संघ विराटनगरका अध्यक्ष किरण लामाविरुद्ध मोरङ प्रहरीले आइतबार पक्राउ पूर्जी जारी गरेको छ। 

National life

लामाले विराटनर-८ का औषधी व्यवसायी नवल यादव र अभिषेक साहलाई शुक्रबार अपहरण गरी दिनभरी बन्धक बनाएको प्रहरीको भनाइ छ।

लामाले साह र यादवलाई गत असार २९ मा ५ लाख रुपैयाँ ऋण दिएका थिए। उनीहरूले पटकपटक गरेर १३ लाख रुपैयाँ बुझाए पनि लामाले अझै २५ लाख रकम तिर्न बाँकी रहेको भन्दै धम्की दिँदै आएको खुलेको मोरङ प्रहरीको अपराध अनुसन्धान ब्युरोका डीएसपी टीका कार्कीले बताए।

साह र यादवले थप रकम तिर्न बाँकी नरहेको भने पनि लामाले थप २५ लाख रुपैयाँ लिन उनीलाई फोन गरेर आफ्नै घरमा बोलाएर दिनभरी बन्धक बनाएको पाइएको कार्कीले बताए।

प्रहरी स्रोतका अनुसार लामाले उनीहरुलाई मिटर ब्याजमा रकम दिएको र साँवाको दोब्बर रकम दिँदा पनि थप रकम असुली गर्न बन्धक बनाएको पाइएको छ।

प्रकाशित: Oct 24, 2022| 06:46 सोमबार, कात्तिक ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।