मंगलबार, वैशाख २९, २०८३

पत्रकारितामा शुद्धीकरण आवश्यक छ : अध्यक्ष पोखरेल

आइतबार बुटवलमा भएको नेपाल पत्रकार महासंघ रुपन्देहीको साधरणसभालाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले सदस्यता शुद्धीकरणका लागि निर्देशन जारी गरेको बताएका हुन्।
 |  आइतबार, कात्तिक ६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ६, २०७९

बुटवल- नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पत्रकारितामा शुद्धीकरण आवश्यक रहेको बताएका छन्। आइतबार बुटवलमा भएको नेपाल पत्रकार महासंघ रुपन्देहीको साधरणसभालाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले सदस्यता शुद्धीकरणका लागि निर्देशन जारी गरेको बताएका हुन्। 

National life

पत्रकारिता छाडेका, विस्थापित र अन्य पेसामा गइसकेकाहरुलाई बिदाई गर्न महासंघले निर्देशन जारी गरिसकेको जानकारी दिए। अध्यक्ष पोखरेलले निर्वाचन नजिकै आइसकेकाले पत्रकारिताको आलोचनात्मक चेतलाई मर्न नदिन आग्रह गरे। उनले राजनीतिक दलहरुले पत्रकारहरुलाई प्रयोग गर्ने भएकाले तटस्थाको चिरहरण हुन नदिन सचेत हुनुपर्नेमा जोड दिए। 

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलमा पत्रकारिताको अध्ययनका लागि बुटवल उपमहानगरले सहकार्य गर्न तयार रहेको बताए। उनले बुटवल उपमहानगरपालिकाले यस क्षेत्रमा पत्रकारिताको गुणस्तर वृद्धि गर्नको लागि कामहरु गरिरहेको बताउँदै आवश्यक छलफल गर्न तयार रहेको बताए। 

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरत पाण्डेले पत्रकारिता क्षेत्रको विकासको लागि स्थानीय प्रशासन साथमा रहेको बताए। 

९ पत्रकार पुरस्कृत 
नेपाल पत्रकार महासंघ रुपन्देहीले जिल्लामा क्रियाशील ९ जना पत्रकारलाई पुरस्कृत गरेको छ। उत्कृष्ट पत्रकारिता पुरस्कार २०७५ बाट यानेन्द्र जीसी, २०७६ बाट रामप्रसाद आचार्य र २०७७  बाट रेखा भुसाल पुरस्कृत भएका छन्। जीसी दैनिक लुम्बिनीका सल्लाहकार सम्पादक हुन। आचार्य नेपाल प्रेसमा आबद्ध छन् भने भुसाल नागरिक दैनिक लुम्बिनी प्रदेश संयोजक हुन्। 

प्रकाशित: Oct 23, 2022| 20:55 आइतबार, कात्तिक ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।